सरकारका गलत काम विरुद्ध आन्दोलनः सभापती देउवा ( फाेटाेफिचर )

  • २५ फाल्गुन २०७५, शनिबार
  • 2226 पटक पढिएको

म्याग्दी, २५ फागुन । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले सरकार जनताका अधिकार र प्रजातन्त्र मास्न उद्धत रहेको आरोप लगाउनुभएको छ । वर्तमान सरकारले आफ्नो एक बर्ष समय पूर्ण रुपमा खेर फालेको बताउदै उहाँले जनताको अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने सरकारले चालबाजी रचेको बताउनुभयो ।

नेपाली काँग्रेस म्याग्दीको पार्टी कार्यालय ‘बिपी स्मृति’ भवनको शनिवार बेनीमा उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले काँग्रेसले पूर्वाधार तयार गरेपनि वर्तमान सरकार विकास र समृद्धिको यात्राबाट बिचलित भएको बताउनुभयो ।


‘‘एक बर्ष हेर्यौँ, सरकार प्रजातन्त्र मास्न कस्सिएको छ, जनताको भावना विपरितका गतिविधिलाई अगाडी बढाएको छ, यस्तो कार्य हेरेर बस्न सक्दैनौँ, अब आन्दोलन गनुको विकल्प छैन, सशक्त संघर्षको लागी तयार हुनुस’’– सभापती देउवाले कार्यकर्ताहरुलाई भन्नुभयो ।मुलुकमा भष्ट्राचार, हत्या, हिंसा र बलात्कार जस्ता घटना बढेको र शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सरकार असफल भएको उनको भनाई छ । उनले सरकारले ३३ किलो सुनकाण्ड र वाइडबढी भष्ट्राचार छानविनमा सरकारले नाकाकानी गरेको बताउँदै निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसक्नु लज्जासपद रहेको बताउनुभयो ।


उहाँले पार्टीभित्र रहेको विपतीहरुलाई हल गर्न एकता आबश्यक रहेको बताउँदै पार्टीलाई बलियो बनाएर आगामी निर्वाचनमा पहिलो बनाउनतर्फ लाग्नुपर्ने आबश्यकता औँल्याए । कार्यक्रममा पार्टीकाबरिष्ट नेता रामचन्द्र पौडेलले जनताले कम्युनिष्ट सरकारलाई मत दिएपनि वर्तमान सरकारले जनताका अधिकारलाई खोस्ने मात्रै काम गरेको टिप्पणी गर्नुभएको थियो ।
उहाँले नेपालको हरेक परिवर्तनको नेतृत्व काँग्रेसकै पालामा मात्रै सम्भव रहेको बताउँदै समृद्धिको नेतृत्व पनि काँग्रेसले मात्रै गर्न सक्ने दावि गर्नुभयो । जनतालाई शान्ति सुरक्षाको अनुभुति दिलाउन नसक्ने वर्तमान सरकार पूर्ण रुपमा असफल भएको उहाँको भनाई थियो । पार्टीभित्रका विवादहरु आन्तरिक रुपमा छलफल गरेर हल गर्नुपर्ने बताउँदै उहाँले आफु पार्टीभित्रको एकतालाई व्यवहारिक रुपमा लागु गर्नुपर्ने पक्षमा उभिएको समेत दावि गर्नुभयो ।


कार्यक्रममा काँग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले अहिले मुलकुमा भैरहेको विकासको जग काँग्रेसकै देन रहेको बताउँदै काँग्रेसको नेतृत्वले मात्रै नेपालको शिक्षा, स्वास्थ्य र रोजगार लगायतको क्षेत्रमा रहेका समस्या हल हुने बताउनुभयो । ‘‘ हरेक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको छ, शान्ति प्रकृयालाई काँग्रेसकै पहलमा टुंगोमा पुग्यो, संविधान निर्माण काँग्रेसकै नेतृत्वमा सम्भव भयो, अब विकास र समृद्धिपनि हाम्रै नेतृत्वमा सम्भव हुन्छ’’ उहाँको भनाई थियो ।

 


एक हजार भन्दा बढी कार्यकता उपस्थित भएको आमसभामा नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम्अर्जुन जोशी, पुर्व सांसद रत्न शेरचन, तरुण दलका केन्द्रिय सभापति जिजङ बस्नेत, म्याग्दीमा निर्वतमान सभापति रेशमबहादुर बाँनिया, नेपाली काग्रेस म्याग्दीका पुर्वसभापति नेत्र महत, नेविसंघ गण्डकी प्रदेशका संयोजक दिल्लीराम सुवेदी, नेपाली काग्रेस बागलुङका सभापति दिपेन्द्रकुमार थापा, नेपाली काग्रेसका सचिव एवम् बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ पुर्व उपसभापति नेत्र महत, जिल्ला सदस्य मनकुमारी विक, तरुण दल म्याग्दीका सभापाति मुकुन्द छन्त्याल, बेनी नगरपालिका सभापति अनोज श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 

सदरमुकाम बेनीको संगमचोकमा निर्मित नेपाली काँग्रेस म्याग्दीको पार्टी कार्यालय ‘वि.पी. स्मृति भवन’ भवनको नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले शनिवार उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन समारोहमा सभापती देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले संयुक्त रुपमा प्यानर अनावरण गर्नुभएको थियो । नेपाली काँग्रेस म्याग्दीले २०६९ सालमा म्याग्दीको सदरमुकाम बेनीको संगम चोकमा ५१ लाख ३७ हजार ७५० रुपैयाँमा जग्गा खरिद गरि रु २९ लाख ५९ हजार ४२५ लगानीमा दुई बर्षमा भवन निमार्ण गरेको थियो ।

त्यस्तै काँग्रेस सभापती देउवा र बरिष्ठ नेता पौडेल बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिंगा तातोपानी कुण्ठमा स्नान गरेका छन् । जमिनमुनीबाट निस्कीएको प्राकृतिक तातोपानीको मुललाई संकलन गरि बनाईएको कुण्डमा हेलिकप्टर मार्फत पुगेका काँग्रेस नेता देउवा, पौडेल र जिल्ला सभापती खमवीर गर्वुजा लगायतले स्नान गरेका थिए । तातोपानी स्वास्थ्य र पर्यटनको दृष्टिकोणमा महत्वपूर्ण रहेको बताउँदे सभापती देउवाले यस क्षेत्रको विकासमा सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाए । नसा, बाथ लगायतका रोगहरुको उपचार केन्द्रको रुपमा चिनिएको तातोपानी कुण्ड पछिल्लो समय उच्च पदस्थ व्यक्तिहरुको समेत आकर्षणको केन्द्र बन्न थालेको छ । केही समय अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिताको समेत यसै कुण्डमा डुबाएर उपचार गरिएको थियो ।

नेपाली काग्रेस म्याग्दीका सभापति खमबहादुर गर्वुजाको सभापतित्वमा भएको आमसभामा उपसभापती माधव प्रसाद रेग्मीको स्वागत र सचिब क्याप्टेन मिनबहादुर कार्की र सहसचिब भरत रकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । । सो सभामा नेपाली काग्रेस म्याग्दीको पाटी कार्यालय भवन निर्माणमा सहयोग गर्ने चन्द्रदाताहरुलाई नेपाली काग्रेस केन्द्रिय सभापति देउवा, बरिष्ठ नेता पोडेल, प्रवक्ता शर्माद्धारा सम्मान गरिएको थियो । त्यस्तै नेपाली काग्रेसका जिल्लाको गाउँगाउँबाट उपस्थित भएका कार्यकर्ताले बाजा, झण्डा र नारासहित बजार परिक्रमा गरेका थिए । आमसभामा म्याग्दीको ईतिहास झल्कने थाली नाच दखाएका थिए ।

????????????????????????????????????

????????????????????????????????????