मोना पोर्तुगल अलेन्तेजो क्षेत्र दोस्रो अधीवेशन सम्पन्न, अध्यक्षमा पौडेल चयन

  • २० फाल्गुन २०७५, सोमबार
  • 2609 पटक पढिएको

पोर्तुगल २० फागुन । पोर्तुगलमा बसोबास गर्ने म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगलको क्षेत्रीय समिति मोना पोर्तुगल अलेन्तेजो क्षेत्रीय समितिको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा मणी रत्न पौडेल, बरिष्ठ उपाध्यक्ष निरोज कार्की, उपाध्यक्षमा इन्द्र बरुवाल, दिप शाही, कुल गर्बुजा, महासचिवमा धनुष छन्त्याल, सचिवमा दिपु फगामी, कोषाध्यक्षमा कमल खड्का, सहकोषाध्यक्षमा यामलाल पौडेल रहेका छन् ।


समितिको सदस्यहरुमा जीवन पुन, रामनाथ आचार्य,राजु रोका, भक्त बहादुर पूर्जा, हिमाल शर्मा, देब प्रसाद छन्त्याल, ठकप्रसाद पूर्जा, सुमन खड्का, लीलाधर चापागाई, नविन शर्मा, इश्वर सापकोटा, नर रोका, प्रकाश पौडेल, केशव पौडेल, रुकमायाँ घर्ती, रत्न शर्मा, लोक घर्ती रहनुभएको छ । अधिवेशनबाट खेलकुद संयोजकमा सुरेश केसीलाई चयन गरेको छ ।

कार्यक्रम मोना पोर्तुगलका केन्द्रिय अध्यक्ष टेक फगामीको प्रमुख आतित्यथा, संरक्षक पहलमान पुन, युरोप संयोजक लÞक्ष्मण गर्बुजा पुनकोे बिशिष्ट आतित्यथा, केन्द्रिय उपाध्यक्ष उपाध्यक्ष दीपेन्द्र भण्डारी लगयतका पदाधीकारी ,केन्द्रीय सल्लाकार तथा मोना आ ई सीका सदस्य राजन थापा र मोना पोर्तुगलका सल्लाकार सुर्जे भट्टचन लगायतको उपस्थीती रहेको थियो । क्षेत्रीय समितिको सल्लाहकारमा ओकिल केसी, डम्मर खत्री, मिन गर्वुजा, मिना पुनलाई सल्लाहकारमा चयन गरिएको छ । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेत देखाईएको थियो । नवनिर्वाचित समितिले म्याग्देलीहरुको हितलाई ध्यानमा राखेर हाम्रो कार्यक्रम गर्ने प्रतिबद्धता जनाएका छन् ।