भगवान शिवजीकाे दर्शन गर्न गलेश्वरधाममा भक्तजनको भिड

  • २० फाल्गुन २०७५, सोमबार
  • धिरन खत्री
  • 1987 पटक पढिएको

म्याग्दी, २० फागुन । महाशिवरात्रि पर्वमा भगवान शिवजीको पुजा गर्न म्याग्दीको गलेश्वरमा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरमा भक्तजनको भिड लागेको छ । मन्दिरमा महादेवको दर्शन गर्न भक्तहरु, सादु तथा भजनक्रिर्तन उपस्थितले मन्दिरमा भक्तजनको घुईचो लागेको हो ।


गलेश्वरधाममा भगवान शिवको पुजा गर्न मन्दिरमा युवायुवतीको भिड बढि देखिएको छ । गलेश्वरधाममा शिवरात्रीलाई लक्षित गरेर १०८ शिवलिङ्ग भएको ठाउँमा भगवान शिवको नृत्य अवतारको मुत्र्तिले हजारौ भक्तजनहरु आकर्षित छन् । गलेश्वरधाममा शिवको दर्शन गर्न म्याग्दी, पर्वत बागलुङ लगायतका भक्तजनको उपस्थित रहेको छ ।


हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवलाई ब्याख्या गरिन्छ ।


महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्व्सिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l