नागी गाउँ चिनाउने म्युजिक भिडियो (भिडियो सहित)

  • २० फाल्गुन २०७५, सोमबार
  • 3701 पटक पढिएको

म्याग्दी, २० फागुन ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी गाउँलाई चिनाउने गीतको म्युजिक भिडियो निर्माण गरिएको छ । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गले समेटिएको प्राकृतिक शौन्दर्यताले भरिपूर्ण पर्यटकीय गाउँ नागीलाई देश तथा विदेशमा चिनाउन म्युजिक भिडियो तयार गरिएको हो ।

दुई बर्ष बढी समय लगाएर तयार गरिएको सो म्युजिक भिडियोमा सबै सिजनका आकर्षक दृष्यहरुलाई समेत समेटीएको छ । ‘स्वागत छ है यो हाम्रो गाउँमा’ बोलको गीतमा किसन पुनको शब्द संगीत रहेको छ । मौलिक लोक भाकामा तयार गरिएको सो गीतमा किसन पुन,तोया परियार,अम्बिका पुन र टिका पुनको स्वर रहेको छ ।

किसन पुन निर्माता र इश्वर पुर्जा पुन सह–निर्माता रहेको सो गीतको म्युजिक भिडियो कमल पुनले छायांकन गरेका हुन् । मिन पुन,मौसम पुन र नानुमायाँ पुनको निर्देशन रहेको म्युजीक भिडियोमा लाल बहादुर पुनले ड्रान भिडियो सम्पादन गरेका छन् । म्युजिक भिडियोमा एक दर्जन बढी कलाकारहरुले नृत्य गरेका छन् ।