मंगला गाउँपालिका वडानम्वर ३ र ४ बरंजामा योजना कार्यान्वयनमा तिव्रता

  • १९ फाल्गुन २०७५, आईतवार
  • धिरन खत्री
  • 2446 पटक पढिएको


म्याग्दी, १९ फागुन । म्याग्दीको मंगला गाउँपालिका– ३ र ४ वंरजामा विकास योजनाहरुको अनुगमन गरिएको छ । गाउँपालिकाद्धारा वंरजाको बस्तीस्तरमा विस्तार गरिएको सडक, पर्यटकियस्थलको पुर्वाधार निर्माणको अवस्था, विद्यालयस्तरका योजनाहरुको अनुगमन गरिएको हो ।


वडाको सिफारिसमा गाउँपालिकाद्धारा बजेट विनियोजन गरिएको योजनाहरुको पुर्वाधार निर्माणलाई प्रभावकारी कार्यान्वयनमा स्थलगत अनुगमनलाई गाउँपालिकाले प्राथमिकता दिएको हो ।
गाउँपालिका उपाध्यक्ष सिर्जना केसी, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतम, वडा नम्वर ४ का वडाअध्यक्ष ओमबहादुर रोकामगर, वडासदस्य राजु पाण्डे लगायतको टोलीले योजनाको स्थलगत अनुगमन गरेका थिए । वडा नम्वर ४ को अरनी आधारभूत विद्यालयको खेलमैदान मर्मत, बाटोघर हुदै फुम्दीराम जाने मोटरबाटो नयाँ सडक, धापुङमा रहेको जनप्रिय आधारभूत विद्यायलको कक्षाकोठा पुर्ननिर्माण लगायतका सम्पन्न योजनाहरुको अनुगमन गरिएको थियो ।


सो योजनाहरुको बजेट अनुसार काम भएको छ छैन्, सम्पन्न योजनाहरुको अन्तिम भुक्तानी दिनका लागी स्थलगत अनुगमन गरिएको उपाध्यक्ष सिर्जना केसीले बताईन । योजनाको बजेट चुवाओट रोक्न, लक्षअनुसार काम हेर्न र सम्पन्न योजनाहरुको भुक्तानी दिन वडामा स्थलगत अनुगमन गरिएको प्रशासकिय अधिकृत गौतमले बताए ।


त्यस्तै स्थलगत अनुगमनमा पुगेका जनप्रतिनिधि समक्ष उपभोक्ता समितिले बजेट अभावले योजना अपुरो रहेको बताउदै स्थलगत अवलोकन गरेर आगामी बर्षमा बजेट विनियोजन गर्न आग्रह गरेका थिए । काम प्रभावकारी भएका योजनाहरुमा काम सम्पन्न गर्नका लागि आगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्न अनुगमनलाई प्राथमिकता दिएको उपाध्यक्ष केसीले बताईन ।
त्यस्तै आन्तरिक पर्यटकको चहलपहल बढेको र धौलागिरि, अन्नपुर्ण निलगिरि र माछापुच्छे हिमालको दृष्य अवलोकन गर्न सकिने वडा नम्बर ३ को झाँक्रीपानीमा निर्माधिन भ्युटावरको अनुगमन गरिएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l