बृहत चिमखोला राखु खानेपानी आयोजना सुस्तायो ( भिडियाेसहित )

  • १९ फाल्गुन २०७५, आईतवार
  • धिरन खत्री
  • 2219 पटक पढिएको

 

धिरन खत्री म्याग्दी , १९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ र ३ वडाका जनतालाई लक्षित गरेर सुरु गरिएको बृहत चिमखोला भगवती पिप्ले खानेपानी आयोजना सूस्ताएको छ । संघिय संरचनामा सो योजनालाई कुन सरकार मातहत संचालन गर्ने भन्ने कुरामा अलमल हुदाँ जिल्लामा गौरवको आयोजनामा पुर्वाधार निर्माणमा ढिलाई भएको हो । पछिल्लो समय खानेपानी योजनालाई संघिय सरकार मातहतको कार्यालयबाट बजेट विनियोजन भएपनि बजेट अत्यन्तै न्युन रहेको छ । चिमखोलाको गाउँदेखि माथि मुहान रहने सो आयोजनाको पानी डाडाकाडाहुदैँ पिप्ले र भगवतीको सिरमा रहेको रुईसेमा वितरण ट्यांकी मार्फत खानेपानी वितरण गर्ने योजना रहेको छ ।

 

रघुगंगा गाउँपालिका– २ राखु भगवती र राखु पिप्लेका १० हजार भन्दा बढी जनताहरुको लागि ‘एक घर एक धारा’ अवधारण अनुसार सो आयोजना सुरु गरिएको हो । खानेपानी आयोजना निर्माणमा बजेट अभावको कारण अन्योालता देखिएको हो । तत्कालित खानेपानी तथा सरसरफाई सव–डिभिजन कार्यालय म्याग्दीले गौरवको आयोजनाको रुपमा सो योजनाको आर्थिक बर्ष २०७३÷७४ सालमा विस्तृत सर्वे र नापजाच गरेको थियो ।

सर्वे भएको दुईबर्ष वितिसक्दा समेत आयोजनाको प्रगति न्युन छ । सो आयोजनामा गतवर्षदेखि पुर्वाधार निर्माणको काम सुरु गरिएको थियो । तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय म्याग्दीबाट १७ लाख बजेट विनियोजन भई मुहान ट्यांकी र केही मिटर पाईप गाडिएको थियो । यो बर्षको लागि संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय पोखराबाट जम्मा २५ लाख २२ हजार बजेट बिनियोजन भएको संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय पोखराका ईन्जिनीयर ईश्वरी प्रसाद शर्माले जानकारी दिए ।

दुई वडाको प्रत्येक घरमा खानेपानी पु¥याउने योजना भएको सो आयोजना सम्पन्न गर्न १० ३५ करोड रकमको लागत अनुमान गरिएको छ । करोडौको बजेट आवश्यक पर्ने भएपनि संघिय सरकारबाट थोरै बजेट विनियोजन भएकोले सम्वन्धित कार्यालयमार्फत थप पहल भएको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।‘यो आयोजना गाउँपालिकाको गौरवको आयोजना हो, योजना विस्तृत अध्ययन भईसकेको छ । योाजनालाई समयमै सम्पन्न गर्नका लागि सम्वन्धित कार्यालय र मन्त्रालयमा ताकेता र समन्वय गर्छौ’ गाउँपालिका अध्यक्ष भण्डारीले भने ।

भगवतीमा एक घर एक धारा अभियान सुरु

रघुगंगा गाउँपालिका– २ भगवतीमा हरेक घुरधुरीमा खानेपानीको पहुच पु¥याउन एक घर एक धारा अभियान सुरु गरिएको छ । वडाको विभिन्न ठाउँमा रहेका खानेपानीका मूलहरुलाई संरक्षण र ब्यवस्थापन गरेर घर–घरमा धारा जडान गरिने छन । आर्थिक बर्ष २०७५÷७६ मा वडाको सिफारिसमा गाउँपालिकाबाट रु ५५ लाख विनियोजन भएको छ । भने सो आयोजना सफल बनाउन प्रदेश सरकारबाट ५० लाख बजेट सिफारिस भएको छ ।

‘यस वडामा खानेपानीलाई प्राथमिकता दिएर गापाबाट प्राप्त सिलिङको अधिकांश बजेट एक घर एक धारा योजनामा लागि बजेट विनियोजन गरेका छौ’ वडा अध्यक्ष रिमबहादुर कटुवालले बताए । गापाबाट विनियोजन भएको बजेटको कार्यान्वयनको लागि सर्वेको काम भईरहेको बताए ।

रघुगंगा गाउँपालिका –३ का वडा अध्यक्ष जीवनकुमार मल्लले पिप्लेमा खानेपानी स्रोतको अभाव देखिएको बताए । बृहत खानेपानी आयोजनामा संचालन भएपनि बजेटको अभावले छिटो खानेपानी नआउनेभएपछि वडाले स्थानीयस्तरमा रहेको खानेपानी संरक्षणमा वडाबाट ३ लाख विनियोजन गरिएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l