गण्डकी प्रदेशस्तरीय तेकवान्डो प्रतियोगिता सुरु

  • १३ फाल्गुन २०७५, सोमबार
  • धिरन खत्री
  • 1934 पटक पढिएको


म्याग्दी, १३ फागुन । जिल्लाको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय तेकवान्डो प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा संचालित प्रतियोगिता ३ दिनसम्म हुने छ।


आठांै राष्ट्रिय खेलकुद २०७५ मा गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोटका लागि आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सांसद् बिनोद केसीले गरेका हुन् । ८ जिल्लाका २ सय जना खेलाडी सहभागिता रहेको प्रतियोगितामा महिलाको ४६ केजीदेखि ७४ केजी सम्म र पुरुषको ५४ केजी देखि ८० केजी माथि समुहको प्रतिस्पर्धा रहने छ । प्रतियोगिताबाट २२ जना छनोट गरिने छ । भने ११ जना पुरुष र ११ जना महिला खेलाडी छनोट गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए ।


तिनदिनसम्म संचालन हुने प्रतियोगिता विद्युतिय प्रविधिद्धारा खेल संचालन गरिने छ । यो प्रविधि म्याग्दीमा पहिलो चोटी प्रयोग गरिएको हो । उद्घाट्न कार्यक्रममा बोल्दै सांसद केसीले प्रदेश सरकारले गण्डकी प्रदेशले अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न खेलमैदान निर्माण गर्ने निर्णय प्रदेशसभाले गरेको बताउदै जिल्ला र स्थानीय तहमा ब्यवस्थित खेलकुद मैदान निर्माणमा ध्यानदिन सबैलाई आग्रह गरेका थिए । त्यस्तै कार्यक्तममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ र अध्यक्ष विश्वकर्माले शुभकामना मन्तव्य राखेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l