कराँतेमा स्वर्णपदक विजेता निर्मललाई क्षत्री समाज म्याग्दीद्धारा सम्मान

  • १२ फाल्गुन २०७५, आईतवार
  • 2374 पटक पढिएको

म्याग्दी, १२ फागुन । भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक विजेता निर्मलबहादुर कटुवाललाई क्षत्री समाज म्याग्दीद्धारा सम्मान गरेको छ । क्षत्री समाज म्याग्दीको १३ औँ बार्षिक साधारण सभाको अवसरमा सम्मान पत्रले कटुवाललाई सम्मान गरिएको हो ।


भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा खुल्लातर्फबाट सहभागि भएर अफगानिस्तानलाई हराउदै च्याम्पियनसिपको उपाधी जितेका थिए । स्वर्णपदक विजेता निर्मललाई शनिबार भएको साधारणसभामा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, क्षत्री समाज म्याग्दीका अध्यक्ष विरबहादुर थापा, क्षत्री समाज धौलागिरि अञ्चल समन्वय समितिका अध्यक्ष रुद्रबहादुर महत, क्षत्री समाज म्याग्दीको पुर्व अध्यक्ष लगायतको उपस्थितमा सम्मान गरिएको थियो ।

स्वर्णपदक विजेता निर्मललाई रघुगंगा गाउँपालिका, वडा कार्यालय, नमुना आमासमुह राखु भगवती, जिल्ला खेलकुद विकास समिति म्याग्दी र म्याग्दी उद्योग वाणिज्य संघले विभिन्न कार्यक्तम अवसरमा सम्मान गरिसकेको छ ।म्याग्दीबाट प्रतिनिधित्व गर्दै पहिलोपटक पश्चिमाञ्चलस्तरीय हेभि तौलमा सहभागि भएर स्वर्णपदक जितेका थिए । पश्चिमाञ्चलबाट राष्ट्रियस्तरमा सहभागि भएर ३ गोल्डमेडल, ४ ओटा कास्यपदक र ५ ओटा रजत पदक जितेका छन् दुईबर्षदेखि केसीले पोखरमा कराते सिकाउदै नयाँ खेलाडी उत्पादन गर्दै आएका छन्।