पात्लेखेतमा छायाँकन गरिएको पञ्चेबाजा म्युजीक भिडियो सार्वजनिक (भिडियो सहित)

  • ६ बैशाख २०७४, बुधबार
  • 10093 पटक पढिएको

म्याग्दी, ६ वैशाख । म्याग्दीको पात्लेखेतमा छायांकन गरिएको म्युजीक भिडियो सार्वजनि भएको छ । म्याग्दीका गायक तथा मोडेल सज्जन बोहराले अभिनय गरेको सो म्युजीक भिडियोलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

सर्जक प्रबिण खत्रीको शब्द संकलन, लालु परियारको लयमा गायक याम रोका मगर र गायिका पूर्णकला विसीको स्वर रहेको ‘नबनाउ मन खिन्न ’ बोलको लाकदोहोरी पञ्चेबाजा गिती एल्बमको सो म्युजीक भिडियो म्याग्दीको पात्लेखेतमा छायाँकन गरिएको थियो ।
रक्षा म्युजीक प्रा.लिले बजारमा ल्याएको सो गितको म्युजीक भिडियोमा म्याग्दीका मोडल बोहरा संगै अपेक्षा बस्याल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । पञ्चेबाजाको सो गितमा समिर रोक ार बिनु कार्कीले दुलहा र दुलहीको भूमिकामा अभिनय गरेका छन् ।
निकै आकर्षक बनाईएको सो म्युजीक भिडियोलाई सम्बो चालिसेले छायांकन र रबिन विकले सम्पादन गर्नुभएको थियो । निकै रमाईलो पञ्चेबाजा म्युजीक भिडियोको छायांकन समेत म्याग्दीमै गरिएकाले आफुलाई समेत थप हौँसला थपिएको मोडल सज्जन बोहराले बताउनुभयो । उहाँले यस अघि विभिन्न गितहरुमा अभिनय गरिसक्नुभएको छ भने लोकदोहोरी गितहरु समेत बजारमा ल्याईसक्नुभएको छ ।