रघुगंगा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी रघुगंगा मावि पिप्लेलाई

  • ११ फाल्गुन २०७५, शनिबार
  • 2717 पटक पढिएको


बेनी ११ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका– ५ झिँमा सम्पन्न अन्तर मावि छात्रछात्रास्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा मावि पिप्लेले जितेको छ । १० वटा स्वर्ण, ५ वटा रजत र ४ वटा कास्य पदक जितेर पहिलो भएको रघुगंगा मावि राखु पिप्लेले रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद तिस हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।


त्यसैगरी ५ वटा स्वर्ण, ४ वटा रजत र ४ वटा कास्य पदक जितेको मुक्तिधाम मावि राखु भगवतीले दृतीय तथा ३ वटा स्वर्ण, २ वटा रजत र ६ वटा कास्य पदक जितेको महेन्द्र मावि झिँँ तेस्रो भएका छन् ।
दृतीय र तृतीय हुने विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद बिस हजार र दश हजार रुपैयाँ पुरस्कार उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।छात्र भलिबलमा मुक्तिधाम मावि राखु भगवती प्रथम र ज्ञानोदय मावि राखु मौवाफाँट दितृय र रघुगंगा मावि पिप्ले तृतिय भएका थिए । भने छात्रातर्फ अमर मावि चिमखोला प्रथम, रितुङ मावि कुईनेमंगले दृतिय र अमर मावि पाखापानी तृतिय भएका थिए ।


गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीबाट राष्ट्रपति कपमा प्रथम हुने रघुगंगा मावि पिप्लेलाई १० हजार दिएका थिए । अक्षकोषबाट प्रथम हुने विद्यालय रघुगंगा मावि पिप्लेबाट सहभागि भएका उतकृष्ट खेलाडीको रुपमा छात्रतर्फ तेजेन्द्र मल्ल र छात्रातर्फ रुविना कार्कीलाई नगद जनही पाच हजार ५०० रुपैयाले सम्मान गरिएको थियो ।

त्यस्तै राष्ट्रपति कपमा प्रथम, दृतिय र तृतिय हुने विद्यालयलाई झिँका वडा अध्यक्ष मनबहादुर शेुरपुञ्जाले नगद क्रमश ५, ४ र ३ हजार पुरस्कारले सम्मान गरेका थिए । त्यस्तै समाजसेवी मनबहादुर पाईजा, रत्नविर थजाली र टोडके रिर्सोटले विजेता विद्यालयलाई नगद पुरस्कार उपलब्ध गराएका थिए ।

रघुगंगा गाउँपालिकाको आयोजना शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा ९ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी उपाध्यक्ष कमला तिलिजा र प्रशासकिय प्रमुख रमेश थापा, वडा अध्यक्ष लगायतको उपस्थितमा बिजयी खेलाडी तथा विद्यालयलाई पुरस्कार वितरण गरिएको यियो । क