खेलाडीले नै गरे बिदाइ

  • ११ फाल्गुन २०७५, शनिबार
  • 1151 पटक पढिएको


म्याग्दी, ११ फागनु । आठौं राष्ट्रिय खेलकुदको प्रदेश स्तरीय प्रतियोगितामा जाने म्याग्दीका उसु खेलाडीहरुलाई बिदाई गरीएको छ । जिल्ला उसु संघ म्याग्दीमा आबद्ध खेलाडीहरु मध्ये राष्ट्रिय खेलकुदका लागि छानिएका खेलाडीहरुलाई जिल्लाका उसु खेलाडीहरुले शनिबार बिदाई गरेका हुन् ।
उसु खेलमा नियमित रुपमा ट्रेनिङमा आउने खेलाडीहरुले प्रदेश स्तरमा जाने खेलाडीहरुलाई बिदाइ गरेका हुन् । म्याग्दीका जुनियर खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेर जिल्लाको नाम उचो बनाउनका लागि प्रयास गर्न आग्रह गरेका थिए । प्रदेशका लागि उसु प्रतियोगिताको सान्सौ र थाउलो तर्फ सहभागी हुने ७ जना खेलाडी, एक जना टिमकोच र एक जना टिम म्यानेजरलाई बिदाई गरेको उसु संघ म्याग्दीका कोषाध्यक्ष राजु के.सी.ले बताए ।
आठौं राष्ट्रिय खेलकुदका लागि उसु प्रतियोगिताको प्रदेश स्तरीय छनौट फागुन १३ देखि १६ सम्म चितवनमा हुने छ ।