विद्युतीय पुस्तकालय सञ्चालनका लागि ल्यापटप सहयोग

  • ११ फाल्गुन २०७५, शनिबार
  • 1475 पटक पढिएको


बेनी ११ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरु¬ङ –तातोपानीमा रहेको सर्वोदय माविमा विद्युतीय पुस्तकालय सञ्चालनका लागि एक विदेशी संस्थाले शुक्रबार ल्याप्टप सहयोग गरेको छ ।
दक्षिण कोरीयाको अम हङ गिल फाउण्डेशनले १७ लाख रुपैयाँ मूल्य बराबरको १९ थान ल्याप्टप कम्प्युटर सहयोग उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धी पुनले जानकारी दिए ।


संस्थाका प्रतिनिधिहरुले विद्यालयमा आयोजित कार्यक्रममा ल्यापटप हस्तान्तरण गरेका थिए । सो संस्थाले यसअघि विद्यालयको भवन निर्माणमा पनि सहयोग गरेको थियो । भवन लगायत पूर्वाधार र शैक्षिक क्षेत्रमा संस्थाले डेढ करोड रुपैयाँ बराबरको सहयोग गरेको व्यवस्थापन समितिका अध्यक्ष पुनले बताए ।