बेनीमा हुने गण्डकी प्रदेश स्तरीय व्याडमिण्टन छनौट प्रतियोगिताको तयारी पुरा

  • ८ फाल्गुन २०७५, बुधबार
  • 2262 पटक पढिएको

म्याग्दी ८ फागुन । म्याग्दी सदरमुकाम बेनीमा विहिवारदेखि सुरु हुने गण्डकी प्रदेश स्तरीय व्याडमिण्टन छनौट प्रतियोगिताको तयारी पुरा भएको छ । ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गण्डकी प्रदेश स्तरीय छनौटको लागि आयोजित प्रतियोगिताको लागी गण्डकी प्रदेशका विभन्नि जिल्लाबाट भाग लिने खेलाडीहरु बेनी आईपुगेका छन् ।

प्रतियोगिता बेनीको कालिपुल स्थित कबर्डहलमा सञ्चालन हुनेछ । गण्डकी प्रदेश खेलकुद विकास समितिको आयोजना र जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा आयोजित प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कुमार विश्वकर्माले जानकारी दिनुभयो ।

४ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ६८ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । विहिवार विहान साढे १० बजे उद्घाटन हुने प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहनुभएका प्रदेश सभा सदस्य विनोद केसीले उद्घाटन गर्नुहुनेछ ।