पर्वतमा सवारी साधन चेक जाँच शिविर

  • ८ फाल्गुन २०७५, बुधबार
  • 1761 पटक पढिएको

फागुन ८ पर्वत ।
पर्वत जेसीजको आयोजना, रोट¥याक्ट क्लव अफ पर्वतको समन्वय, जिल्ला ट्राफिक कार्यालय पर्वतको सहकार्य र विवेक अटो मोवाईल्स प्रा.लि.को प्राविधिक सहयोगमा सवारी दुर्घटना न्युनिकरणका लागि बुधबार सवारी साधन चेक जाँच शिविर कुश्मामा सम्पन्न भएको छ ।
अस्वस्थ प्रतिस्पर्धाका कारण सार्वजनिक सवारी साधनहरु समयमा चेक जाँच नगराउनका कारणले हुन सक्ने दुर्घटना न्युनिकरण गर्ने अभिप्रायका साथ उक्त सवारी साधन चेक जाँच शिविर सञ्चालन गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले प्रहरी सधै नागरिकको जीउ धनको सुरक्षाका लागि खटिएकाले सवारी दुर्घटना न्यनिरकण गराउनका लागि यस्ता कार्यक्रमले सघाउ पु¥याउने बताउनुभएको थियो ।

कुश्मा नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष रुद्र गिरी, पर्वत जेसीज अध्यक्षीय क्लवका अध्यक्ष एबम् सामुदायिक सेवा केन्द्रका अध्यक्ष शिवप्रसाद सुवेदी, जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख प्रहरी सहायक निरिक्षक रामकृष्ण गौली, रोट«याक्ट क्लव अफ पर्वतका अध्यक्ष गणेश पौडेल, विवेक अटो मोवाईल्सका प्रवन्धक रेशम के.सी. लगायतले यस्ता कार्यक्रमका माध्यमबाट दुर्घटना न्युनिकरणका लागि सकारात्मक प्रेरणा मिल्ने बताएका थिए ।


पर्वत जेसीजका अध्यक्ष जेसी मोहन आचार्यको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा स्वागत एबम् कार्यक्रम माथि प्रकाश कार्यक्रम संयोजक जेसी राजु शर्मा र सञ्चालन सह–सचिव जेसी सुरेन्द्र पौडेलले गरेका थिए । सो शिविरमा चालु अवस्थामा यात्रु बोकी गन्तब्य तर्फ हिडेका दुर्घटना हुन सक्ने सम्भावित २ सवारी साधन मर्मतका लागि मर्मत केन्द्रमा पठाईएको थियो । सो शिविरमा ९५ सवारी साधनको चेकजाँच गरिएको थियो ।