मिर्गौला पीडित खत्रीलाई कोरियाबाट रु १ लाख १५ हजार सहयोग जुट्यो (विवरण सहित)

  • ७ फाल्गुन २०७५, मंगलवार
  • 1935 पटक पढिएको

बेनी, ७ फागुन । बेनी नगरपालिका–५ डडुवाकी मिर्गौला पीडित हरिकला खत्रीको उपचारको लागि दक्षिण कोरियाबाट रु १ लाख १५ हजार आर्थिक सहयोग जुटेको छ । दुबै मिर्गौलाले काम गर्न नसक्ने भएपछि पोखरा स्थित गण्डकी अस्पतालमा उपचाररत ५४ बर्षिय खत्रीको सहयोगार्थ कोरियामा रहेका डडुवाका मदन बानियाँको नेतृत्वमा सो सहयोग संकलन गरिएको हो । बानियाँले कोरियामा रहेका डडुवाबासी, म्याग्देली र नेपालीहरुबाट मिर्गौला पीडित खत्रीको लागि सहयोग जुटाउनुभएको हो ।

घरपरिवारको आर्थिक अबस्था कमजोर बनेपछि डडुवाका स्थानीय युवा क्लब र युवाहरुको सहकार्यमा आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ । अभियान अन्र्तगत अहिलेसम्म खत्रीको उपचारको लागि करिब रु ३ लाख आर्थिक संकलन भएको आर्थिक संकलन अभियानका संयोजक प्रेम भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, खत्रीको उपचारार्थ ज्योति युवा क्लब डडुवाले बेनीमा घरदैलो गरि रु ६७ हजार ४ सय ४५ रुपैयाँ आर्थिक संकलन गरेको थियो ।

विगत करिब साढे १ महिनादेखि अस्पतालमा उपचाररत खत्रीको परिवारको आर्थिक अबस्था कमजोर भएपछि उहाँको जिवनरक्षाको लागि अहिले देश तथा विदेशमा रहेका महानुभाबहरुलाई सहयोगको लागि आह्वान गरिएको छ । खत्रीको अहिले हप्तामा दुई पटक डायलासीस गरिँदै आईएको पारिवारिक स्रोतले जनाएको छ ।
सहयोगदाताहरुको विवरण

ईश्वर कार्कि डडुवा रु. १०,०००/- मदन बानियाँ डडुवा रु. ५,०००/- गोबिन्द बानीयाँ डडुवा रु ५,०००/- बिकास केसी डडुवा रु. ५,०००/- रबिन खत्री डडुवा रु. ५,०००/- निर ब. रोका डडुवा रु. ५,०००/- मिलन बानीयाँ डडुवा रु. ५,०००/- भोजिन्द्र बानियाँ डडुवा रु. ५,०००/- हरी खत्री पुर्णगाँउ रु. ५,०००/- कृष्ण पाईजा डडुवा रु. ५,०००/- बबीन भण्डारी डडुवा रु. ५,०००/- मोहन बानियाँ डडुवा रु. ५,०००/-