सकारात्मक उत्प्रेरणा कार्यक्रम सम्पन्न

  • ७ फाल्गुन २०७५, मंगलवार
  • 3141 पटक पढिएको

७ फागनु पर्वत ।
६९ औं प्रजातन्त्र दिवसका अवसरमा पर्वत जेसीजको आयोजनामा जिल्ला कारागार बन्दीगृह पर्वतमा रहेका ब्यक्तिहरुको सकारात्मक सोच विकासका लागि पुस्तक वितरण एबम् सकारात्मक सोच उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।


व्रम्हाकुमारी विश्वविद्यालय कुश्मा, पर्वतकी ब्रम्हाकुमारी दिदी जानकीले सकारात्मक सोचका बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिकुश्मा नगरपालिकाका उप–प्रमुख सीता काफ्ले लामिछाने सकारात्मक उत्प्रेरणा जगाउने कार्यक्रमहरुलेले विगतमा विविधि कारणले वन्दीजीवन यापन गरिरहेका ब्यक्तिहरुको वन्दीगृह पश्चातको जीवन सकारात्मक बाटोमा लाग्नका प्रेरणा मिल्ने बताउनु भएको थियो ।
पर्वत जेसीजका अध्यक्ष जेसी मोहन आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत कार्यक्रम संयोजक जेसी अमृतप्रसाद पोख्रेल र सञ्चालन महासचिव जेसी रामु शर्माले गर्नुभएको थियो । सो कार्यक्रममा सोच समुहको सहयोगमा वन्दीगृहको पुस्तकालयका लागि पुस्तक समेत हस्तान्तरण गरिएको पर्वत जेसीजका अध्यक्ष मोहन आचार्यले जानकारी दिनु भयो ।