अर्जुन माविको भवन पुननिर्माण सुरु

  • ७ फाल्गुन २०७५, मंगलवार
  • 1911 पटक पढिएको


बेनी ७ फागुन । बेनी नगरपालिका २ भकुण्डेमा रहेको अर्जुन माविको भवन निर्माण सुरु भएको छ । चार कोठे भवनको सोमबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले शिलँन्यास गरेका हुन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको सत्तरी लाख रुपैयाँ अनुदान सहयोगमा निर्माण हुने भवन भूकम्प प्रतिरोधी क्षमताको हुनेछ ।

दुई तले भवन निर्माण कार्य आगामी असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विद्यालय व्यवस्थापन समितिका समेत अध्यक्ष रहनुभएका वडा अध्यक्ष हिराबहादुर थापाको अध्यक्षता, प्रअ शिवकुमार केसीको सञ्चालन र पूर्व प्रअ चन्द्रबहादुर घिमिरेको स्वागत मन्तब्यमा शिलन्यास कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा स्थानीय भिमबहादुर पौडेलले पनि मन्तब्य व्यक्त गरेका थिए । सो कार्यक्रममा जिसस प्रमुख केसीले पुननिर्माण प्राधिकरणको अनुदान सहयोगमा यस वर्ष म्याग्दीमा २० वटा विद्यालयको भवन निर्माण हुन लागेको जानकारी दिए ।२०७२को भुकम्पका कारण प्रभावित भएका विद्यालयको भवन पुननिर्माण गर्न लागिएको हो ।