उपचाररत किसानलाई मिजार समाजको रु १० हजार बढी सहयोग

  • ५ फाल्गुन २०७५, आईतवार
  • 1953 पटक पढिएको

म्याग्दी, ५ फागुन । फोक्सोमा समस्या देखिएपछि अस्पतालमा नियमित उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका– ३ मौवाफाँटकी यसोदा किसानलाई मिजार समाज म्याग्दीले आर्थिक सहयोग गरेको छ । लामो समयदेखि पोखराको सामुदायिक हस्पतालमा नियमित उपचाररत किसानलाई मिजार समाज म्याग्दीले रु १० हजार १ सय ५५ आर्थिक सहयोग गरेको हो ।


फोक्सोमा पानी जमेपछि सल्यक्रिया मार्फत उपचार गरीरहेकी किसानले नियमित रुपमा अस्पतालको सम्पर्कमा रहेर उपचार गराईरहनुपर्ने भएकाले सहयोग गरिएको समाजले जनाएको छ । सो सहयोग मिजार समाज म्याग्दीका अध्यक्ष सुकलाल किसान, उपाध्यक्ष भबिराम किसान, केन्द्रिय सचिब याम किसान, सल्लाहकार मनबहादुर चर्मकार लगायतले हस्तान्तरण गर्नुभएको थियो ।