शिर्ष नेताको अस्तित्व

  • ४ फाल्गुन २०७५, शनिबार
  • धिरन खत्री
  • 451 पटक पढिएको

धिरन खत्री, म्याग्दी


फागनु, ५ । प्रचण्ड, केपी र शेर । यी तीन नेताको उद्वेश्य देश परिवर्तन गर्ने लक्ष्य लिदै बुढा भए । यिनीहरूको युवा अवस्थाको उद्देश्यसंगै निरन्तरता पनि रहयो । तर परिणाम सत्ता लागि शक्ति केन्द्रित गर्दै अघि बढे । गरिव परिवारमा जन्म भएपनि जेल, आन्दोलन र जनयुद्धले युवा उमेरमा जनताको आधारभूत विकासको पक्षमा आवाज उठाईरहे । पाटी फरक भएपनि राजनीतिको मूल मर्म जनताको घरदैलोमा दिगो विकास पु¥याउनु थियो । यही लक्ष्यले पाटीको नेता भए । देशको भन्दा पाटीको बढी चिन्तन गरे । शिर्ष पदमा पुगे । देश र पाटीभन्दा ठुलो शक्तिमा आफुलाई सम्झिए । बच्चा हुर्कन आमाको साथ चाहिन्छ । त्यस्तै साथ तीन नेताले जनताको पाईरहे । ‘आमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढङ्गामाथि’ उखानको प्रतिविम्व शिर्ष नेतृत्वको राजनीतिमा देखिन्छ । प्रचण्ड, केपी र शेरको नेतृत्व जनताको पक्षमा हुन सकेन् ।


त्यहाँ पुग्न कठोर संघर्ष छ । देशको लागि लडेको युवाँ बुढेसकालमा पुग्दा आफु जन्मेको गाउँको झुपडी विस्र्याे । गरिव जनताको दुख भुल्यो । राजनीतिबाट पाएको पदलाई दुरपयोग गर्दै महल बनायो । नातापातालाई मेयर, मन्त्री र धनाड्य बनाए यी तीन नेताले । त्यसप्रति पनि हाम्रो चिन्ता होईन । चिन्तन केवल उनीहरूले बोकेको उद्वेश्य र काम किन सत्तामा पुग्दा फरक भयो । तीन नेताले जे चाहन्छन त्यही गतिमा देशलाइ लान सक्थे । सकेनन् । अझै देशका लागि सकारात्मक काम मिलेर गर्ने समय छ । तर देशको शक्क्ति यिनै माथि रहेपनि त्यो शक्ति कस्को लागि प्रयोग गर्ने फुल्दै गए ।

रम्वा, रारा र वाईवाई भनेपनि त्योभित्र हुने भनेको चाउचाउ हो । अरू हुन्छ र हुदैन । कम्पनि फरक भएपनि स्वादमा तलमाथि मात्र हो । हुने भनेको चाउचाउ नै हो । यी नेताको पाटी फरक भएपनि भित्र स्वाद एउटै थियो । समृद्ध नेपाल सुखी नेपाली नै हो । कुन देशको राजनीतिमा छ । जनताको राजानिति गरेर नेता धनी भएको केवल नेपालमा मात्र होला । घर पक्को जग देखिनै निर्माण भएको भौतिक संरचनाले निर्धारण गर्छ । जगदेखि जनताको मनलाई एक्कैछिन पेन्टिङ गरेर आफुमात्र बलियो हुने समय केवल थोरै हुन्छ ।

यसरी सबै आरोप उनीहरूलाई लगाउन खोजेको होईन । अस्तित्वभित्रको ब्यवहारलाई मात्र आलोचना गरेको हो । गाउँदेखि केन्द्रसम्म सबैको गल्ति छ । तीन नेताले चाहेमात्र जनताको लागि धेरै गर्न सक्छन । भष्ट्रचार गरेर कमाएपनि केही भएन । आफुले वनाएको संविधानको नियम जनतामा होईन आफुबाट प्रयोग गर्नुपर्छ । गल्ति गरे सजाय भोग्नुपर्छ । जनतामाझँ क्षमा माग्नुपर्छ । तवमात्र आफुभन्दा तल्लो तहमा बसेको भष्ट्रचारी नेताको तह लाग्छ । नत्र भष्टचार गर्दिन भन्ने । तर देशको ढिकुटि रित्याएर भष्ट्र महल बनाउनेले देश विकासको आधार कसरी निर्माण गर्छन । जनताको प्रश्न छ ।

पाटीलाई दोष छैन् । सिद्धान्त एउटा काम अर्काे गरेपछि गला भरि जनताले दिएको जिम्मेवारीको मालाले मख्ख पर्ने दिन कति समय टिक्छ । नेता आफैले मनको माला लगाएर स्वायम मुल्याकंन गर्नुस । भगवानको अवतार मानिने बुद्धलाई असत्य र बेईमानी गर्नु हुदैन भनेर उपदेश कसैले दिनै पर्दैन। सत्य, ईमान्दारको कर्म गर भनेर उपदेश दिनुको अर्थ पनि रहदैन । किनभने सत्यको कर्म गरेर एशियाको भगवान बुद्धलाई मानियो । यस्तै कर्म सबैले आफ्नो क्षेत्रमा गर्न आवश्यक छ ।

देशको स्रोत साधन प्रयोग गरेर जनतालाई रोजगार, पुर्वाधार निर्माण र आधारभूत आवश्यकता संगै शिक्षा, स्वास्थ्य गुणस्तर विकास गर्छु नेताले भनिरहदा जनताले अनुभूति हुने गरि पुर्णता कहिल्य हुन्छ । ग्यारेण्टि भन्न सक्दैनन । स्वरोजगार, ग्राम उधोग भनिरहदा र सटिफिकेटले ऋण दिने भनेपनि बजारको १० हातको घडेरी बैंकले खोज्छ । हजारौ रोपनि जग्गा किनेर खेति गरेको किसानलाई ऋण माग्न जादा तपाईको बजारमा घडेरि छैन भनेर सोच्छ । घडेरी भएको भए किन गाउमा खेत किनेर कृषि कर्म गर्थेर । घडेरिमा घर बनाएर बस्थेनि । नक्कली कृषकलाई कतिन्जेल कृषि ऋण दिन्छौ । बैंकले जोखिम मोल्न नचाहने, सरकार भुकिरहने र ब्यवहारमा जनता निराशको परिणाम कहिल्यसम्म रहन्छ ।
सांसद, नेता, युवा, विधार्थि लगायतको आन्दोलन पाटी र नेताको नाममा स्कुल, अस्पताल, तेलको मूल्य, सरकारको राजिनामा माग गर्दै अनशन र ज्ञापनपत्रमा मात्र सिमित छ। यसरी नेता हुन पाईने देश नेपाल हो । कति सजिलो गल्ति गरेर, गाडि जलाएर र तोडफोड गरेर पुलिसको खोरमा गएकालाई छुटेर माला लगाए नेता । हातको १० नङ्गा खियाएर कृषि कर्म गरेको कृषकलाई नेता मान्नुपर्ने होनि । तर कहिल्य आउछ त्यो दिन ।

सांसद वा युवा नेता हो । आन्दोलन गर्ने भए जहाज खरिदको निष्पक्ष छानविनको मागमा गर, एयरपोटमा भएको लापरबाहिमा गर, १ रूपैया डिजेलको मूल्य बढ्दैमा आन्दोलन किन । १० रूपैया काउलिमा मूल्यबृद्धि हुदाँ किन हुदैन आन्दोलन । भरभूमिमा हल गोरू जोत्ने तरिका नसिकाउ नेता जि । उर्भरभुमिमा हल गोरू वा प्रविधि प्रयोग गर्न सिकाउ । तव परिवार, समाज समुन्नत र राजनीतिको पनि भविष्य छ । सडकमा आन्दोलनले नेता बन्ने दिन गए । राष्ट्रसेवक कर्मचारी र निर्वाचित जनप्रतिनिधिले राम्रोसंग मिलेर काम गर्नसके देश बन्न समय लाग्दैन । समय र बजेटको भष्ट्रचार रोक्न मुलत केन्द्रको नेतृत्वबाट सुधार अभियान लिनपुर्छ । तहअनुसार सबैले देशले दिएको जिम्मेवारी बोलेर होईन ब्यवहारमा देखाउन आवश्यक छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l