स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम

  • ३ फाल्गुन २०७५, शुक्रबार
  • 1403 पटक पढिएको

बेनी ३ फागुन । बेनीमा शुक्रबार स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका वडा न. ७ को आर्थिक सहयोगमा स्वास्थ्य आमा समूहको आयोजनामा पाठेघर खस्ने स्वास्थ्य समस्याको कारण, यसबाट बच्ने उपचाय र उपचार बिधिका बारेमा आमाहरुलाई अभिमुखीकरण गरिएको हो ।

बेनी अस्पतालकी चिकित्सक उरुसा पौडेल र बेनी नगरपालिकाको स्वास्थ्य संयोजक लीला गौतमले सहजिकरण गर्नुभएको थियो । ४० जना महिलाहरुको सहभागिता रहेको थियो । स्वास्थ्य आमा समूह बेनपा ७ की अध्यक्ष सिता थापाको अध्यक्षता र महिला स्वास्थ्य स्वमसेविका भावना पौडेल क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।