करेन्ट लागेर हातखुट्टा गुमाएका कृष्ण वलीलाई मल्कबाङ समाज युकेको पहलमा सहयोग (भिडियाे सहित)

  • ३ फाल्गुन २०७५, शुक्रबार
  • 3503 पटक पढिएको

म्याग्दी, ३ फागुन । करेन्ट लागेर हातखुट्टा गुमाएका कृष्ण वलीलाई मल्कबाङ समाज युकेको पहलमा रु १ लाख १७ हजार सहयोग गरिएको छ । विभिन्न ठाउँबाट संकलन भएको सो सहयोग रकम मल्कबाङका अगुवा थम छन्त्याल र नर छन्त्याल मार्फत कृष्ण वली र उनकी पत्नी रुपालाई हस्तान्तरण गरिएको छ ।

करेन्ट लगाएर दुई हात र खुटा नै गुमाएका वलीको नयाँ हात खुट्टा जोड्ने अभियानमा सहयोग पुगोस भन्ने उदेश्यले सहयोग जुटाएर हस्तान्तरण गरिएको मल्कबाङ समाज युकेका अध्यक्ष शेर छन्त्यालले जानकारी दिनुभयो । रुकुमका वलीलाई मल्कबाङ्ग समाज यु के को पहलमा त्यहाँ रहेका मल्कबाङबासी, म्याग्देली, नेपालीहरु ,जापान, कोरिया र अस्ट्रेलियामा रहनुहुने  मल्कबाङ्गबासीको तर्फ बाट उक्त सहयोग सकलन गरिएको थियो ।

सहयोग जुटाउन कोरिया बाट पूर्ण छन्त्याल,   अस्ट्रेलियामा मल्कबाङ्गका धन छन्त्यालको पहलमा  , जापान बाट तिर्थेन्द्र छन्त्याल ,रघुगंगा गाउँ पालिका वडा नम्बर ८ कुइनेका तम बहादुर छन्त्याल, शिरखर्कका दल प्रसाद छन्त्याल,सचिन छन्त्याल ,ठाडखानीका जित बहादुर छन्त्याल, मंगलेका तारा प्रसाद छन्त्याल ,खोटाङ जिल्लाका काठमाडौंमा बस्नु हुने हाल बेलायत निवासी लक्ष्मिी राई , झापा बिरतामोडका शान्ता लिङ्देन , बागलुङ कालेपातलका याम बहादुर छन्त्याल र गुल्मी तम्घासका भेष छन्त्यालले समेत सहयोग गर्नुभएको मल्कबाङ समाजका अध्यक्ष शेर छन्त्यालले जानकारी दिनुभयो ।