म्याग्दी समाज युएसए मेरिल्याण्डको अध्यक्षमा इन्द्र बहादुर थापा छेत्री चयन

  • ३ फाल्गुन २०७५, शुक्रबार
  • 2486 पटक पढिएको

अमेरिका ३ फागुन । अमेरिकाको मेरिल्याण्डमा स्थापित म्याग्दी समाज युएसए मा नयाँ कार्य समिति चयन भएको छ । सन् २००९ मा स्थापना भएको यस संस्थाको बार्षिक अधिवेसन मार्फत म्याग्दी समाज युएसएको सन् २०१९ /२०२० सम्मका लागि नयाँ समिति गठन भएको छ ।

अधिबेशनबाट अध्यक्षमा इन्द्र बहादुर थापा छेत्री निर्वाचित हुनुभएकाे  छ । यसै गरि वरिष्ठ उपाध्यक्षमा खगेन्द्र छन्त्याल ,उपाध्यक्षमा कृष्ण छेत्री ,महा सचिवमा भिम केसी ,सचिवमा सुबाश भण्डारी तथा कोषाध्यक्षमा अन्जु थापा निर्वाचित हुनु भएको छ ।

यसै गरि सदस्यहरुमा क्रसम दिनेश जिसी ,नरेन्द्र रावल,किशोर शर्मा, मनिलाल राम्दम निर्वाचित भएका छन् । यसै गरि सूचना निर्देशक (आइटि) निर्देशकमा सुदर्शन पौडेल ,सांस्कृतिक कार्यक्रम संयोजकमा मंजु पुन निर्वाचित हुनु भएको छ ।

यसै गरि संचार निर्देशकमा निमल थापा ,जन सम्पर्क निर्देशकमा बुद्धि शेरचन तथा दिपा पुन सदस्यमा चयन हुनु भएको छ ।