म्याग्दीका भुजेलले काठमाण्डौमा खोले सुनचाँदी देखि हिराको गहना पसल

  • ४ बैशाख २०७४, सोमबार
  • 6735 पटक पढिएको

म्याग्दी, ४ वैशाख । म्याग्दीका एक युवा व्यवसायिले काठमाण्डौको गणेशथानमा हिराको गहना पसल सुरु गर्नुभएको छ । विगत १२ बर्षदेखि टोखा नगरपालिका–३ गणेशस्थानमा म्याग्दी धौलागिरी सुनचाँदी गहना पसल सञ्चालन गरेका राजन भुजेलले सोमबारदेखि हिराको गरगहना समेत बनाउन सुरु गर्नुभएको हो ।


हिराको समेत गरगहना विक्रि गर्न थालेपछि उहाँले आफ्नो पसललाई म्याग्दी धौलागिरी सुनचाँदी गहना पसल एण्ड डाईमण्ड ज्वेलरीको नाममा सञ्चालन गर्नुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका अन्र्तगत पर्ने पिप्लेको रानीपौवा घर भएका भुजेल गितसंगितको क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ ।


म्याग्दीको गलेश्वरमा सुनचाँदी व्यवसाय गर्दै आउनुभएका भुजेल गितसंगीतकै सिलशिलामा २०६२ सालमा काठमाण्डौ पस्नुभएको थियो । काठमाण्डौमा गितसंगीतमा समेत सक्रिय रहेका भुजेलले रु ५ लाख लगानीमा म्याग्दी धौलागिरी सुनचाँदी पसल सञ्चालन गर्नुभएको थियो ।


उहाँले विभिन्न १४ वटा एल्बमहरु समेत बजारमा ल्याईसक्नुभएको छ । गितसंगीतसंगै सुनचाँदी गहना पसल सञ्चालन गर्नुभएका भुजेलले हिराको समेत कारोबार गर्न थालेपछि सबै किसिमका ग्राहकहरुलाई एकै ठाउँबाट सेवा दिन सक्ने बताउनुभयो ।


उहाँले आफ्नो व्यवसायमा अहिले करिब रु ४ करोड लगानी र १० जना बढीले रोजगार समेत पाएको जानकारी दिनुभयो । म्याग्दी कलाकार संघका संस्थापक अध्यक्ष समेत भएका भुजेलले गितसंगीत र विभिन्न सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आउनुभएको छ ।