लखन थापाको १४२ औ स्मृति दिवसमा रक्तदान

  • २ फाल्गुन २०७५, बिहीबार
  • 1297 पटक पढिएको

बेनी २ फागुन । प्रथम सहित लखन थापाको १४२ औ स्मृति दिवसको अवसरमा बिहीबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर विद्यार्थी संघले आयोजना गरेको सो कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाद्धारा सञ्चालित रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो ।

मगर विद्यार्थी संघ म्याग्दीका अध्यक्ष बिजय घर्तीको अध्यक्षता, सचिव धनबहादुर रोका (समिर)को सञ्चालन र सहसचिव लक्ष्मी पुनको स्वागत र नेपाल मगर संघको गण्डकी प्रदेशका सचिव राजकुमार थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।