मिर्गौला पिडित खत्रीको सहयोगार्थ ज्योति युवा क्लबद्धारा रु ६७ हजार संकलन

  • २९ माघ २०७५, मंगलवार
  • 2204 पटक पढिएको

म्याग्दी, २९ माघ । बेनी नगरपालिका–५ डडुवाकी मिर्गौला पिडित हरिकला खत्रीको उपचारको लागि आर्थिक सहयोगको आह्वान गरिएको छ । दुबै मिर्गौलाले काम गर्न नसक्ने भएपछि पोखरा स्थित गण्डकी अस्पतालमा उपचाररत ५४ बर्षिय खत्रीको सहयोगार्थ ज्योति युवा क्लब डडुवाले आर्थिक संकलन गर्न सुरु गरेको हो ।


अभियान अन्र्तगत मंगलवार बेनीमा क्लबले घरदैलो गरि रु ६७ हजार ४ सय ४५ रुपैयाँ आर्थिक संकलन गरेको क्लबका पूर्व सचिब एवम सल्लाहकार प्रेम भण्डारीले जानकारी दिनुभयो । क्लबका पदाधिकारी र सदस्यहरुले बेनीमा घरदैलो गरि खत्रीको उपचारको लागि सहयोग संकलन गरेका हुन् ।

विगत करिब साढे १ महिनादेखि अस्पतालमा उपचाररत खत्रीको परिवारको आर्थिक अबस्था कमजोर भएपछि उहाँको जिवनरक्षाको लागि आर्थिक संकलन गरिएको क्लबका अध्यक्ष दिनेश कार्कीले बताउनुभयो । खत्रीको अहिले हप्तामा दुई पटक डायलासीस गरिँदै आईएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयसम्म उपचार गर्नुपर्ने र खर्च धेरै लाग्ने हुँदा क्लबले खत्रीको जिवनरक्षाको लागि सक्दो सहयोग गर्न आह्वान समेत गरेको छ ।