प्रवासीद्धारा विद्यालय र सहकारीलाई तिन लाख भन्दा बढी सहयोग

  • ४ बैशाख २०७४, सोमबार
  • 1423 पटक पढिएको

बेनी ४ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ दानामा रहेको विद्यालय र सहकारी संस्थालाई प्रवासबाट तिन लाख रुपैया भन्दा बढी सहयोग गरेका छन् ।

दानामा जन्मिएर हाल बेलायतमा बसोबास गर्दै आएका महिलाहरु आवद्ध दाना युके आमा समूहले ज्ञानप्रकाश मावी र सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थालाई आर्थिक सहयोग गरेका हुन् ।

ज्ञानप्रकाश माविमा सोलार जडान गर्न एक लाख ५० हजार र सहकारीको भवन निर्माणका लागि एक लाख ६३ हजार रुपैया सहयोग प्राप्त भएको ज्ञान प्रकाश माविको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले जानकारी दिनुभयो ।

दाना युके आमा समूहकी असदस्य कृष्ण पुनले व्यवस्थापन समितिका अध्यक्ष पुर्जा, सहकारीकी अध्यक्ष वुद्धीकुमारी पुर्जा र उपाध्यक्ष कृष्ण नेपालीलाई नगद हस्तान्तरण गर्नुभएको थियो । प्रवासमा रहेका दानाका बासिन्दाहरुले गाउँको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सामाजिक गतिबिधीमा सहयोग गर्दै आएका छन् ।