मंगला शिक्षा अभियानमा १० हजार बढी सहयोग जुट्याे, बालबालिकालाई सहयोग गरिने

  • २९ माघ २०७५, मंगलवार
  • 1641 पटक पढिएको

म्याग्दी, २९ माघ । म्याग्दीको मंगला गाउँपालिका– २ तल्लो डडुवामा रहेको मंगला युवा क्लवले सुरु गरेको मंगला शिक्षा अभियानमा रु १० हजार बढी सहयोग जुटेको छ । क्लबका सदस्य लक्ष्मण श्रेष्ठले आफ्नो विवाहको अवसरमा क्लबको अभियानमा रु ४ हजार ५० सहयोग गर्नुभएको छ । विवाहको दिन लक्ष्मण र उहाँकी पत्नी सरिताले क्लबका सचिब नेत्रराज सुवेदीलाई सो सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा विवाहमा उपस्थित अन्य महानुभावहरुबाट समेत गरि रु १० हजार ८१० सहयोग जुटेको क्लबका सचिब सुवेदीले जानकारी दिनुभयो । क्लबले सुरु गरेको शिक्षा अभियानमा अहिले गाउँमा विवाह लगायतको अवसरमा सहयोग गर्नेहरुको संख्या बढ्दै गएको छ । क्लवले प्राप्त सहयोगलाई गाउँपालिकाभित्र रहेका विद्यालयमा आवश्यक शैक्षिक पुर्वाधार तथा विद्यार्थीहरुको सिकाईलाई प्रभाकारी बनाउन शिक्षण सामाग्री किनेर सहयोग गर्ने जनाएको छ ।


क्लवले अभियानको दोस्रो चरणमा मंगला–२ मा रहेको जानकी आधारभूत विद्यालयमा रहेका बालबालिकाहरुलाई पोशाक र शैक्षिक सामाग्री सहयोग गर्ने तयारी गरेको क्लबका अध्यक्ष शेर बहादुर पुनले जानकारी दिनुभयो । सो विद्यालयमा यस अघि क्लबले रु ८० हजार बरारबको कम्प्युटर, पिन्टर लगायतका सामाग्री सहयोग गरिसकेको छ ।