वडा अध्यक्षद्धारा विद्यालयमा सरस्वतिको मन्दिर निर्माण

  • २८ माघ २०७५, सोमबार
  • 1769 पटक पढिएको

बेनी २८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाका वडा अध्यक्ष नरसिङ बहादुर पुर्जाले स्थानीय ज्ञानप्रकाश माविमा निजी लगानीमा सरस्वतीको मन्दिर निर्माण गर्नुभएको छ ।

विद्यालयका पूर्व प्रअ समेत रहनुभएका पुर्जाले व्यक्तिगत रुपमा दुई लाख पचास हजार रुपैयाँ खर्च गरेर मन्दिर निर्माण गरिदिनुभएका प्रअ शान्तबहादुर नेपालीले जानकारी दिनुभयो । अध्यक्ष पुर्जाले विद्यालय भवनको छतमा निर्माण गरिदिनुभएको मन्दिर वरपर तारवार समेत गरिदिनुभएको छ ।


श्रीपञ्चमी पर्वको अवसरमा आइतबार पुर्जाले मन्दिर विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । सो मन्दिरमा श्रीपञ्चमी पर्वमा शिक्षक, विद्यार्थी र स्थानीयबासीहरुले पुजाआजा गरेका थिए ।