स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग

  • २७ माघ २०७५, आईतवार
  • 2167 पटक पढिएको

बेनी, २७ माघ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग प्राप्त भएको छ ।

लायन्स क्लव अफ पोखरा लेकसिटीले फोटो थेरापी र युपिस उपकरण सहयोग गरेको हो । नवजात शिशूमा जण्डिस भए, नभएको पहिचान गर्न फोटो थेरापी उपकरण प्रयोग गरिन्छ ।

लायन्स क्लव आफ दरवाङ म्याग्दीले आयोजना गरेको कार्यक्रममा कल्वका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष सन्तनाथ जैसी र क्लवका जोन चियर पर्सन बिरबहादुर कार्कीले केन्द्रका चिकित्सक कृष्ण कडेललाई उपकरण हस्तान्तरण गर्नुभएको थियो ।

तीन लाख रुपैयाँ मूल्य बराबरको उपकरण सहयोग प्राप्त भएको प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएको वडा अध्यक्ष जैसीले बताउनुभयो । उपकरण हस्तान्तरण कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ दरवाङ म्याग्दीका सचिव दिवाकर सुवेदीले गर्नुभएको थियो ।