जापानमा दुखत घटनाः एक महिनाकी छाेरीलाइ छाडेर संधैका लागि अस्ताइन प्रमिला

  • २५ माघ २०७५, शुक्रबार
  • 3856 पटक पढिएको

म्याग्दी, २५ माघ ।  जापानमा एक म्याग्देली चेलिको दुखत निधन भएको छ । अध्ययन र रोजगारिको शिलसिलामा श्रीमान संगै जापानको कुवानामा बस्दै आएकी म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानीकी प्रमिला दर्जीको उपचारको क्रममा विहिवार निधन भएको हो । एक महिना अघि अस्पतालमा छोरी जन्माएकी प्रमिलालाई ब्रेन ट्युमरको संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

प्रमिलाको निधन भएपछि जापानमै रहेका उनका श्रीमान दिनेश भावविहल भएका छन् । बच्चा जन्माएपछि उनलाई अस्पतालमा ब्रेन ट्युमरको सल्यक्रिया गरिएको थियो । ‘‘ सुत्केरी चेलीलाई अस्पतालमै गुमाउनुपर्दा जापानमा रहेका म्याग्देलीहरुलाई असह्य पिडा भएको छ, उनको उपचारमा आर्थिक संकलन अभियान चलाएको भएपनि उपचार सम्भव हुन सकेन’’ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति नागोयाका अध्यक्ष रुपेश चोचाङ्गी पुनले भन्नुभयो ।
दर्जीको उपचार र बालिकाको पालनपोषणको लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना ) जापान र क्षेत्रीय समिति नागोयाले आर्थिक संकलन गरिरहेका थिए । उपचारमा समेत लाखौँ खर्च लागेको व्यहोरेका प्रमिलाका श्रीमान दिनेशलाई यतिबेला पत्नी वियोगको पिडामा नवजात बालिका हुर्काउने जिम्मेबारी थपिएको छ ।
दिवंगत दर्जीको सबलाई शनिवार मियकेनको निशिबश्सो कुवाना भन्ने ठाउँमा अन्त्योष्टी गर्ने तयारी भएको छ ।