झारफुक गर्ने बाहनामा बालीकालाई बलात्कार…….

  • ३ बैशाख २०७४, आईतवार
  • 1630 पटक पढिएको

म्याग्दी, ३ बैशाख । झारफुक गर्ने बाहनामा ८ वर्षिया बालीकालाई बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरि अदालतमा मुद्दा दर्ता गरेको छ ।

बलात्कारको आरोपमा पक्राउ परेका पर्वतको जलजला गाउँपालीका ३ बगरफाँटका ४५ वर्षिय खिमबहादुर दर्जी (परियार) विरुद्ध आईतबार पर्वत जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

चैत ३१ गते दिउँसो बिरामी भएर झारफुक गर्न आएकी बालीकालाई फकाई फुलाई गरी बलात्कार गरेको आरोपमा पक्राउ परेका परियार विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धानका लागि हिरासतमा राखेको पर्वतका प्रहरी नायव उपरिक्षक शेखर खनालले जानकारी दिनुभयो । बिरामी भएर हजुरआमासंगै झारफुकका लागि परियारकहाँ गएकी बालीकालाई उनले बन देवता भगाउन भन्दै माटेपानीको जंगलमा लगेका थिए ।

परियारले जवरजस्ती गरेको विषयमा बालीकाले अभिभावकलाई जानकारी गराएपछि परेको ठाडो उजुरीका आधारमा पर्वत बेनी प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालय म्याग्दीको सहयोगमा निजलाई पक्राउ गरी बेनी अस्पतालमा स्वास्थ्य परिक्षण गराएर कुश्मा पठाइएको थियो ।