मोना पोर्तुगलको अध्यक्षमा टेक फगामी निर्विरोध निर्वाचित

  • २१ माघ २०७५, सोमबार
  • 2569 पटक पढिएको

निरोज कार्की
पोर्तुगल

म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगलको अध्यक्षमा टेक फगामी निर्विरोध निर्वाचित हुनुभएको छ । पोर्तुगलमा रहेका म्याग्देलीको साझा संस्था मोनाको १२ औं साधारण सभा तथा छैठौ अधिवेशनबाट निवर्तमान महासचिब रहनुभएका फगामीको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको हो ।

अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा मोहन पुन,उपाध्यक्षहरुमा दिपेन्द्र भण्डारी, कमला परीयार, सन्देश शाही, पूर्ण राम्जाली, मोहन राना र सन्तोष पुन, महासचिब धन थापा, सचिब लक्ष्मण रोका, सहसचिबमा सुरेस पुन, कोषाध्यक्षमा दुर्गा पाइजा र सहकोषाध्यक्ष लक्ष्मी पुर्जा चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा टेक राना ,केदार कटुवाल, राजन भण्डारी ,सुनील तीमील्सीना, मनीष शाही, मीरा पुन रहनुभएको मोना आ ई सी का सदस्य राजन थापाले जानकारी दिनुभयो ।

त्यस्तै गरी विभिन्न कार्यक्रमहरुको लागि सम्बन्धीत विद्याको संयोजकहरु समेत चयन गरिएको छ । खेलकुद संयोजकमा भुवन आचार्य,सह–संयोजकमा महेन्द्र भण्डारी, सास्कृतीक संयोजकका संगीता पुन, संयोजकमा रबीन पुन,.युवा संयोजकमा सबिन शाही, महीला तथा बालबालीका संयोजकमा पबिता तिलीजा चयन हुनुभएको छ । मोना पोर्चुगल का संस्थापक संरक्षकमा पहल पुन र संरक्षकमा निबर्तमान अध्यक्ष कुमार राम्जाली र नैना तिलीजा लाइ चयन गरेको छ ।

त्यसैगरि सल्लाहकारमा सुर्जे भट्टचन, राजन थापा र जरी पुनलाई चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष फगामीले पार्तुगलमा रहेका म्याग्देलीहरुको तथ्याङ संकलन गर्ने र पत्रकार रबी लामीछाने को कर्णाली मा‘ अस्पताल बनाउने कार्यमा‘ टेवा पुर्याउने, पोर्तुगलमा मोना आ ई सी संग सहकार्य गर्दै रचनात्मक ढङ्ग बाट अगाडी बडी १ महीना भीत्र क्षेत्र अधीवेशन गराउने प्रतिबद्धता जनाउनुभएको छ ।