राष्ट्रिय जनमोर्चाले उमेद्वार छनौट ग¥यो

  • ३ बैशाख २०७४, आईतवार
  • 2095 पटक पढिएको

म्याग्दी,३ बैशाख । राष्ट्रिय जनमोर्चा म्याग्दीले आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका उमेद्वार छनौट गरेको छ ।
जनमोर्चाले बेनी नगरपालीकाको मेयर र उपमेयर, मालीका र धौलागिरी गाउँपालीकाको अध्यक्ष र मंगला गाउँपालीका २ बाबियाचौरको वडा अध्यक्षमा उमेद्वारी दिने निर्णय सहित उमेद्वार छनौट गरेको हो ।


मालीका गाउँपालीकामा जिल्ला अध्यक्ष छेमबहादुर बिक (छवी)ले अध्यक्षमा, बेनी नगरपालीकाको प्रमुखमा फौजबहादुर कार्की (बिदुर) र उपप्रमुखमा भोमकुमारी कार्की (बिष्णु)लाई उमेद्वार बनाउने निर्णय भएको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।

धौलागिरीमा लुलाङका शेरबहादुर बिकलाई अध्यक्षमा, मंगला गाउँपालीका २ बाबियाचौरमा दुर्गा किसानलाई उमेद्वार बनाउने निर्णय गरेको जनमोर्चाले मालीकाको उपप्रमुखको विषयमा छलफल भैरहेको जनाएको छ । अन्य स्थानीय तह र वडाहरुमा समेत केही दिनमै उमेद्वारी घोषणा हुने अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।