पोखरी छापकी मैयाँ

  • १९ माघ २०७५, शनिबार
  • 179 पटक पढिएको

कसले बोलाएको

म‌ैयाँ तिमीलाई

तिमी गयौं सबेरै

तिमीलाई प्रेम थिएन?

आफ्नै बा- आमा, भाइ बहिनिको….?

तिमीलाई याद भएन ?

तिम्री आमाले चियामा सातु फिटेएर खुवाएको….?

तिम्रा ङोलो,ङोल्स्यो सँग झोरा,

मारुनी,सालैजो नाँच्न गएको …..?

 

तिम्रो आप्पाले उ त्यो बेशीमा

हड्डी खियाएर तिम्रो नाममा

ल्याइदिनु भएको त्यो

चोला,घाटु सारी,कर्मु ,फगि,र बिरु,सम्झिएनौ र….?

तिमीलाई झनै धेरै सुहाउँथ्यो,

काजि,मारटा,झोका,सिरफूल,कर्मे,र भेचि ।

 

किन गयौं मैयाँ तिमी कुवा

त्यो कलिलो कम्मरमा

जिन्दगीको मुहान उघाएर ल्याउछु भनी…?

मैयाँ तिमीलाई सानैदेखि तिम्रो आप्पाले

जीवन नाचिरहन्छ,अस्तित्व मुस्काइरहन्छ

एक दार्शनिक ढाँचामा भनेर सुनाइरहनु हुन्थ्यो ।

 

सुन्न चाहिनौँ कहिल्यै त्यसैले

एक आपसमा समाहित हुन्

जसरी नदीका दुई किनारा

अनि चुम्बकका दुई धुर्वहरू

जस्तै लाचार भएका छन् ,

त्यसरी नै यो दुनियालाई

आफ्नो व्यथा,वेदना कथा सुनाउँदै

छन् मैयाँ तिम्रा आप्पा र आमा ।

 

तिमीमा त अधैर्यता ,डर त्रास थिएन

दिगभ्रमित कहिल्यै थिइनौँ

अन्नयौलताको भुमरिमा परिनौँ ।

तर पनि तिम्रो बच्पनाको अगाडि कसैले सकेनन् र त….

कल्पनाका प्वाख सिउँरिएर,

कालो आकाश निल्दैँ छु भन्दै

पँधेरीमा पानी लिन गएकी तिमी

पोखरीको रानी भयौं मैयाँ…?

सन्ध्या सापकोटा