लिटील गार्डेनमा शिक्षक तालीम सुरु

  • ३ बैशाख २०७४, आईतवार
  • 2689 पटक पढिएको

म्याग्दी,३ बैशाख । बेनीमा रहेको लिटील गार्डेन एकेडेमीमा आईतबारदेखि शिक्षकहरुको क्षमत्ता अभिवृद्धी सम्बन्धी तालीम सुरु भएको छ ।

सिटीएफ नेपाल र किड्स बुक्स पब्लीकेशनको सहयोगमा विद्यालयले आयोजना गरेको तालीमको जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति मोहन बानियाले उद्घाटन गर्नुभयो । लिटील गार्डेन एकेडेमी बेनी, गलेश्वर आदर्श बोर्डीङ स्कुल गलेश्वर, न्यु होराईजन बोडीङ पर्वत बेनी र नर्थ स्टार बोर्डीङ भगवतीका ३० जना भन्दा बढी शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको तालीम दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

सिटीएफ नेपाल र किड्स बुक पब्लीकेशनकी रेखा हमाल र प्रतीमा लामाले विद्यार्थी मैत्री तरीका र प्रबिधीको प्रयोग गरेर अध्यापन गरी बालबालिकाको सिकाई उपलब्धी बढाउने विषयमा सहजिकरण गर्नुहुने जनाएको छ । लिटील गार्डेन एकेडेमीको पुर्व प्राथमिक तहको अभिभावक संघका अध्यक्ष सन्तोष गौतमको अध्यक्षता र प्रिन्सीपल प्रशान्तराज खनालको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा विद्यालयका निर्देशक बालकृष्ण सुवेदीले तालीमले शिक्षक, शिक्षिकाको क्षमत्ता विकास भई विद्यार्थीको सिकाई उपलब्धीमा सुधारमा सहयोग पुग्ने बताउनुभयो ।