पोखरेबगरमा आधारभूत पत्रकारिता तालिम सम्पन्न (फोटो फिचर)

  • १७ माघ २०७५, बिहीबार
  • 2690 पटक पढिएको

म्याग्दी १७ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा विहिवार दुई दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा गाउँपालिकाका ८ वटै वडाका प्रतिनिधिमुल सहभागीतामा तालिम सञ्चालन गरिएको हो ।

तालिममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा लगायत पत्रकारहरु घनश्याम खड्का, ध्रुवसागर शर्मा, सन्तोष गौतम, कमल खत्री, हरिकृष्ण गौतम, अमित विश्वकर्मा, ठाकुर प्रसाद आचार्य, राकेश शर्मा लगायतले सहजीकरण गनुृभएको थियो ।

स्थानीय तह र वडा स्तरका गतिविधिलाई नियमित रुपमा सञ्चार माध्ययम सम्म पु¥याउनको लागि नयाँ पत्रकार उत्पादन गर्ने उदेश्यले आयोजित तालिममा सहभागीहरुलाई गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुन, प्रमुख प्रशासकिय अधिकृत सन्तोष पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा र म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्रीले सहभागीताको प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

 

तालिममा गाउँपालिकाको ८ वटै वडाबाट २७ जनाको सहभागीता रहेको थियो । उर्जा र पर्यटनको क्षेत्रमा उल्लेख्य सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिकाको हरेक गतिविधिलाई सञ्चार माध्ययम सम्म पु¥याउन र नयाँ पत्रकार उत्पादन गर्न तालिम फलदायी हुने गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।

कार्यक्रममा सहभागीको तर्फबाट गाउँपालिकाका न्यायिक समतिकिा सदस्य बुद्धिबहादुर पुन र पार्वती बरुवालले तालिमबाट सिकेका शिपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोसाईटीका अध्यक्ष खत्रीको अध्यक्षता, सचिब अमित विश्वकर्माको सञ्चालन र उपाध्यक्ष हरिकृष्ण गौतमको धन्यबाद मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।