बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुभारम्भ

  • ३ बैशाख २०७४, आईतवार
  • कमल खत्री
  • 2090 पटक पढिएको

म्याग्दी, ३ वैशाख । म्याग्दीमा आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि आईतवार बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुभारम्भ गरिएको छ । जिल्ला अदालतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत समेत रहनुभएका जिल्ला न्यायाधीश रामप्रसाद शर्माले बोर्ड राखेर कार्यालयको उद्घाटन गर्नुभएको हो ।
कार्यालयको उद्घाटन गर्दै जिल्ला न्यायाधीश शर्माले निर्वाचन आचार संहितालाई राजनीतीक दलहरुले कार्यान्वयन गर्न सकेमा मात्रै निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गराउन सकिने बताउनुभयो ।उहाँले आगामी स्थानीय तहका जनप्रतीनिधीको काँधमा ठुलो जिम्मेवारी रहेकाले दलहरुले समेत सक्षम व्यक्तिहरुलाई मात्रै उम्मेदवार बनाउनुपर्नेमा जोड दिदै जिल्लाको निर्वाचनलाई शान्त, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न गराउनको लागि आम सरोकारवालाहरुले आफ्नो भुमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।


कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिब हरिकुमार श्रेष्ठ, राप्रपाका अध्यक्ष बिरबहादुर थापा क्षेत्री, राष्ट्रिय जनमुक्ति पार्टीका तिलकबहादुर थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवी विश्वकर्माले संविधानको कार्यान्वयन गर्दै विकास र समृद्धिको लागि निर्वाचन अपरिहार्य रहेको बताउँदै निर्वाचनलाई सफल बनाउन आ–आफ्नो दलबाट रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला स्थित सुरक्षा निकायबिचमा शुरक्षा रणनिती तयार गरिसकेको बताउँदै शान्त र भयरहित तवरले निर्वाचन गराउन भरपूर्ण प्रयास गरिरहेको जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत शर्माको अध्यक्षता, मंगला गाउँपालिकाका निर्वाचन अधिकृत जगन्नाथ पौडेलको स्वागतमा सम्पन्न कार्यक्रमाम जिल्ला स्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो भने जिल्ला अदालतका श्रेष्तेदार राजु ढुंगानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l