घुमाउनेतालमा ब्यवसायिक कुखरापालन

  • १४ माघ २०७५, सोमबार
  • धिरन खत्री
  • 2393 पटक पढिएको

म्याग्दी, १४ माघ । स्वदेश तथा विदेशमा सिकेकोे सिप र आम्दानीलाई प्रयोग गर्दै ब्यवसायतर्फ लगानी गर्ने युवाहरुको संख्या म्याग्दीमा बढेको छ । जिल्लाको रघुगंगा गााउँपालिका– ३ रानीपौवाका प्रेमबहादुर चन्दले घुमाउनेतालमा ब्यवसायिक कुखुरा पालन सुरु गरेका छन् ।


३३ बर्षका चन्दले २५ लाख भन्दा बढी लगानी गरि पोल्टीफर्म ब्यवसाय सुरु गरेको बताए । गत साउनदेखि संचालन गरेका फर्ममा ६ हजार भन्दा कुखुरा उत्पादन गर्ने क्षमताका ३ ओटा खोरहरु निर्माण गरेका छन् । साउनदेखि संचालन गरिएको पोल्टीफर्ममा ५ हजार कुखुरा पालेका छन् । उनले उत्पादन गरेको कुखुरा नजिकको सदरमुकाम बेनीमा बेच्दै आएका छन् । सडक संजाल सुविधाले मझौला लगानीले पुर्वाधार निर्माणमा सहज भएको बताउदै सडकले कुखुरापालनलाई सहयोग पुगेको फर्म संचालक चन्द बताउछन् ।


उनले आधुनिक रुपमा ब्यवासायीक कुखुरापालनसंगैे ३ जनालाई रोजगार समेत दिएका छन् । रोजगारीको शिलशिलामा कोरियामा पुगेका चन्दले स्वदेशमा रोजगार सिर्जनाका लागि फर्म संचालन गरेको जानकारी दिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l