मायामा हराउनेहरुको लागि “ढुकढुकीले के भन्छ सुनीराख माया ” (भिडियो सहित )

  • ३ बैशाख २०७४, आईतवार
  • कल्पना पुर्जा
  • 2821 पटक पढिएको

पोखरा, २ बैशाख । लोक संगीतको बजारलाई तताउनको लागि फेरि पनि अर्को उत्कृष्ट लोक दोहोरी “ढुकढुकीले के भन्छ सुनीराख माया ” आएको छ ।

समर्पण म्यूजिक प्रा ली मार्फत् बजारमा आएको यस गीतलाई चर्चित लोक तथा दोहोरी गायक याम क्षेत्री र सरिता कार्कीको स्वरले उचाई दिने काम गरेको छ त्यस्तै प्रल्हाद सुबेदीको उत्कृष्ट शब्द सृजना र बसन्त थापाको मन छुने लयले यस गीतमा अझ उत्कृष्टता थप्ने काम गरेका छन् ।

खिमानन्द पा(डेको “ढुकढुकीले के भन्छ सुनीराख माया ” लाक दोहोरी गीतको म्यूजिक भिडियो निर्देशन कपिल लामाले गरेका छन् भने सम्पादन सुजन शाही र छायाङ्कन सुरेश श्रेष्ठले गरेका हुन् ।

अभिनय सन्ताष कार्की , मञ्जिता के सी , मिनराज के सी अविरल र सृजना क्षेत्रीले गरेका छन् । याम क्षेत्रीको व्यत्तिगत युटूब च्यानल मार्फत् याम क्षत्री “ढुकढुकीले के भन्छ सुनीराख माया ” को सार्वजनिकीकरण गरिएको हो । लोक संगीतको बजारमा उत्कृष्टताको निरन्तरता थप्न पक्कै पनि यो भाका सफल रहने छ ।

कल्पना पुर्जा