बेनी बोडीङ कपको उपाधि जनप्रियलाई

  • १२ माघ २०७५, शनिबार
  • 1988 पटक पढिएको

बेनी १२ माघ । बेनीमा शनिबार सम्पन्न आधारभुत विद्यालय स्तरीय आठौ बेनी बोडीङ कप फुटबल प्रतियोगिताको उपाधि जनप्रिय मावि दरवाङले जितेको छ । न्यु वेष्ट पोइन्ट आवासीय माविलाई पेनाल्टी सुटआउटमा आठका विरुद्ध नौ गोल गर्दै जनप्रियले उपाधि जितेको हो । निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

बेनी आवासीय माविको युवा रेडक्रस सर्कलको आयेजनामा माघ ९ गतेदेखि सुरु भएको प्रतियोगितामा १४ विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका बिजेता र उपबिजेतालाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, विद्यालयका प्रबन्ध निर्देशक सनम बानिया, प्रिन्सीपल मोहनराज गोर्खालीले रनिङ्ग शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १८ हजार र दश हजार रुपैयाँ प्रदान गर्नुभयो ।

प्रतियोगितामा जनप्रिय माविका गोनेस रोका उत्कृष्ट खेलाडी, जनप्रियका आत्मराम सुवेदी उत्कृष्ट कोच, वेष्ट पोइन्टका सज्जन बराइली उत्कृष्ट स्ट्राइकर, बेनी आवासीय माविका दिपक छन्त्याल उत्कृष्ट डिफेण्डर, वेष्ट पोइन्टका अमृत तामाङ उत्कृष्ट मिडफिल्डर, जनप्रियका मिलन रोका उत्कृष्ट गोलरक्षक घोषित भए ।

यसैगरी बेनी आवासीय माविका इश्वर बुढा उदयीमान खेलाडी घोषित भए भने बेनी आवासीयकै अनुपम श्रेष्ठले सात गोल गर्दै सर्बाधिक गोलकर्ताको उपाधि पाए । उत्कृष्ट टिम व्यवस्थापनमा जनप्रियका सौगात गुरुङ, अनुशासित टिममा केवी एकेडेमी सिंगा भएका छन् ।

युरेशका अध्यक्ष दिपीका बरुवालको अध्यक्षता र शिक्षक प्रकाश आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।