आहा ! रत्नेचौरको पहेँलपुर तोरीफाँट (फोटो फिचर)

  • ११ माघ २०७५, शुक्रबार
  • 2440 पटक पढिएको

उर्मिला रेग्मी

रत्नेचाैर, ११ माघ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा पहेँलपुर बनेको तोरीको फाँट । यहाँको तोरी खेती स्थानीयको आयआर्जन र आन्तरिक पर्यटकहरुको लागि आकर्षण समेत बन्न थालेको छ ।

रत्नौचौरमा पहेलपुर तोरी फुलेको दृश्य मनमोहक छ । समथर भुगोल, चिटिक्क मिलेका घर, पृष्ठ भूमिमा देखिने धौलागिरि हिमाल रत्नेचौरका पर्यटकीय सम्भावना हुन् । तोरीबारीको आकर्षणले यतिबेला दैनिक जसो तस्बिर खिचाउन जानेहरुको सख्ंया बढेको छ ।

तस्बिरः उर्मिला रेग्मी