विप्लब निकट अनेरास्ववियू (क्रान्तिकारी) को जिल्ला अध्यक्षमा खड्का चयन

  • ११ माघ २०७५, शुक्रबार
  • 2850 पटक पढिएको

म्याग्दी, ११ माघ । नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू –क्रान्तिकारी) म्याग्दीको अध्यक्षमा विनय खड्का निर्वाचित हुनुभएको छ । संगठनको शुक्रवार बेनीमा सम्पन्न १६ औँ जिल्ला सम्मेलन एवम अधिवेशनबाट खड्काको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरिएको हो ।


सम्मेलनबाट उपाध्यक्षमा सुश्मा शेच्चुरी, सचिबमा रोहित विक, कोषाध्यक्षमा एलिना पुन र सहसचिबमा विनोद न्यौपाने चयन हुनुभएको छ । सम्मेलनको उद्घाटन गर्दै अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरञ्जीबी ढकालले वैज्ञानिक शिक्षाले मात्रै मुलुकमा परिवर्तन सम्भव रहेको बताउनुभयो ।


उहाँले विद्यार्थीहरुको मुलुकको हरेक परिवर्तनको आन्दोलनमा उल्लेखनीय योगदान रहेको चर्चा गर्दै समाजमा हुने सहि र गलत कुराहरुलाई छुट्टाएर मात्रै विद्यार्थीहरुले साथ दिनुपर्ने बताउनुभयो । कार्यक्रमा नेकपाका धौलागिरि ब्युरो इन्चार्ज ध्रुव घिमिरे(बिप्लब)ले मुलुकमा भष्ट्राचार, अनियमितता, बलात्कार जस्ता घटनामा दोषिलाई कारबाही गर्न सरकार असफल भएको बताउँदै विप्लप नेतृत्वको नेकपाले मात्रै मुलुकमा एकिकृत जनक्रान्ति मार्फत जनताका समस्याहरुलाई हल गर्न सक्ने बताउनुभयो ।


कार्यक्रममा विद्यार्थी नेताहरु प्रविन सापकोटा, भरत रावल, रोहित विक, सम्राट सापकोटा लगायतले विद्यार्थी आन्दोलन र वर्तमान शैक्षिक क्षेत्रका समस्याहरुबारे मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रम सम्राट सापकोटाको अध्यक्षता र विनय खड्काको सञ्चालनमा सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रम सुरु हुनुपुर्व ग्रामीण भेगबाट समेत झरेका विद्यार्थीहरुको बृहत ¥यालीले बेनी बजार परिक्रमा गर्दै वर्तमान शिक्षा प्रणालीको विरुद्धमा नाराबाजी समेत गरेका थिए ।