चलचित्र ‘शुभलभ’को ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीत सार्वजनिक

  • ९ माघ २०७५, बुधबार
  • 4245 पटक पढिएको

म्याग्दी, ९ माघ । म्याग्देली निर्माता धर्मराज सुवेदीद्धारा निर्माण हुन लागेको फिल्म शुभ–लभको पहिलो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको टाइटल गीत ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ युटुब मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायक ज्योतिष हरिहर अधिकारी र नायिका कृष्टिन पौडेल मुख्य भुमिकामा छन् ।

चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतलाई पोखरामा छायांकन गरिएको हो । युवा गायक निशान भट्टराइ र मिना सिंहलेको स्वर दिएको गितको भिडियोमा कोरियोग्राफर रामजी लामिछानेको रहेको छ । वुद्ध ईन्टरनेटमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र शुभ लभको देशका विभिन्न ठाउँ सहित म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर मन्दिर , बेनपा– ४ स्थित तातोपानी कुण्ड र बेनपा– १ रत्नेचौरमा समेत छायांकन गरिएको छ।

फरक शैलिको प्रेमकथामा आधारित चलचित्रमा प्रदीपकुमार उदयको प्रस्तुतीमा सन्तोषबाबु लोहनीको निर्देशन रहेको छ । चलचित्रमा नायक हरिहर अधिकारी र नायीका क्रिस्टीन पौडेल मुख्य भुमिकामा छन् । नायीका पोडेल मिस टीन २०१७ हुन भने नायक अधिकारी युवा ज्योतीषको रुपमा चर्चा बटुलेका व्यक्ति हुन् ।

यस चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, प्रदिप बास्तोला, राजा राजेन्द्र लगायतका चर्चित कलाकारहरुको समेत अभिनय रहेको छ भने डाक्टर सुर्या थापालाई सह–नायीकाको भुमिकामा देख्न सकिन्छ ।

प्रेम र हास्यप्रधान यस चलचित्र आगामी चैत १५ गते प्रर्दशन मिती तय भएको छ । अर्जुन पोखरेलको संगित, रोशन भट्टराईको दन्द, रामजी लामीछानेको कोरीयोग्राफ रहेको यो चलचित्रको छायांकन रामेश्वर कार्कीले गरेका छन् । यस चलचित्रमा नायक समेत रहेका ज्योतिष अधिकारीको कथामा अभिमन्यू निरवीले पटकथा तथा संवाद लेखेका छन्।