लभ्लिहिलमा पार्क निर्माणको तयारी

  • ५ माघ २०७५, शनिबार
  • 1858 पटक पढिएको

बेनी ५ माघ । बेनी नगरपालिका २ खबराको लभ्लिहिलमा हरियाली पार्क निर्माणका लागि शनिबार भएको स्थानीयबासीहरुको भेलाले उपभोक्ता समिति गठन गरेको छ ।वन डिभिजन कार्यालयको सहयोगमा पार्क निर्माणका लागि हरिलाल घिमीरेको अध्यक्षतामा टिकाकुमारी सापकोटा सचिव, तिकबहादुर घिमिरे कोषाध्यक्ष र तेजेन्द्रबहादुर कार्की सहसचिव रहेको समिति गठन भएको हो ।

समितिको सदस्यहरुमा यामबहादुर सुवेदी, चित्राकुमारी घिमीरे, कृष्णबहादुर सुवेदी, शिवजी शर्मा र प्रकाशबहादुर घिमीरे चयन हुनुभएको अनुगमन समितिका सदस्य याम खड्काले जानकारी दिए ।वडा अध्यक्ष हिराबहादुर थापाको संयोजकत्वा सल्लाहकार र ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ ।

बेनीको नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको मायालुडाँडामा हरियाली पार्क बनाउन वन डिभिजन कार्यालयले चालू आर्थिक वर्षमा १२ लाख रुपैयाँ बिनियोजन गरेको छ ।