मंगला माविको अभिभावक दिवस

  • ५ माघ २०७५, शनिबार
  • 2359 पटक पढिएको


बेनी ५ माघ । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मंगला माविले ६७ औ स्थापना तथा अभिभावक दिवस बिबिध कार्यक्रम सहित मनाएको छ । पौष २९ देखि माघ ४ गतेसम्म सप्ताहब्यापी खेलकुद प्रतियोगिता, पुरस्कार वितरण र समारोहको आयोजना गरेर स्थापना दिवस मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर क्षेत्रीको अध्यक्षता, शिक्षक हुमनाथ पाण्डे र झलक शर्माको सञ्चालन तथा शिक्षक भिमप्रसाद शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक, विद्यार्थी, शिक्षक र व्यवस्थापन समिति जागरुक बन्नुपर्ने बताएका थिए ।

कार्यक्रममा प्रजिअ लीलाधर अधिकारी, मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, मालिकाका उपाध्यक्ष खरमाया बिटालु, प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढा, नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की, वडा अध्यक्ष धनबहादुर खाती, स्रोतव्यक्ति डेकबहादुर बानिया, कार्यपालिका सदस्य रत्नबहादुर विश्कर्मा, भू.पू प्रअ दिर्घबहादुर खड्का, अभिभावक परमानन्द विश्वकर्मा लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

विद्यालयका प्रअ गमबहादुर खत्रीले शैक्षिक, भौतिक, प्रगति प्रतिवेदन र लेखापाल गोविन्द पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । महेन्द्ररत्न मावि बरंजाका बिद्यार्थीहरुले बालबिवाह न्युनीकरणका लागि जनचेतनामुलक नाटक प्रर्दशर्नी गरेका शिक्षक केशव कडेलले जानकारी दिए ।