जन्मदिनमा अनाथ बालबालिकालाई न्यानो कपडा वितरण

  • ५ माघ २०७५, शनिबार
  • 1966 पटक पढिएको

बेनी ५ माघ । बेनीका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई शनिबार न्यानो कपडा वितरण गरेको छन ।

बेनपा ८ न्युरोडका सन्देश बराइलीले बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक/एक थानका दरले बलाङकेट वितरण गरेका हुन् । सन्देशका बुवा म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जिबनबहादुर विश्वकर्मा र नेपाल बाल संगठन म्याग्दीका सभापति नेत्रबहादुर महतले न्यानो कपडा वितरण गरेका थिए ।

फजुल खर्च गरेर जन्मदिन मनाउने परम्परालाई निरुत्साहित गर्दै अनाथ बालबालिकाहरुलाई सहयोग पुगोस भनेर न्यानो कपडा वितरण गरेको बराइलीले बताए ।