निर्माण व्यवसायि संघ म्याग्दीको अधिबेशन सुरु

  • ५ माघ २०७५, शनिबार
  • कमल खत्री
  • 2293 पटक पढिएको

म्याग्दी ५माघ । निर्माण व्यवसायि संघ म्याग्दीको १८ औँ बाािर्षक साधारण सभा तथा दशौँ अधिबेशन बेनीमा सुरु भएको छ । अधिबेशनको उद्घाटन गर्दै नेपाल निर्माण व्यवसायि महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले निर्माणलाई गुणस्तरीय र व्यवसायलाई मर्यादित बनाउनुपर्ने बताउनुभएको छ ।

उहाँले साना व्यवसायिहरुको हितको लागि महासंघले ५ करोड सम्मका योजनामा जिल्ला स्तरका र २० करोड सम्मका योजनामा प्रदेश स्तरका व्यवसायिहरुले मात्रै प्रतिस्पर्धा गर्ने व्यवस्था सहित सार्वजनिक खरिद ऐनलाई संसोधन गर्न सरकारलाई माग गरेको बताउनुभयो ।

साना योजनाहरुमा जिल्ला स्तरका व्यवसायिहरुले मात्रै प्रतिस्पर्धा गर्दा व्यवसायिहरु स्थापित हुने र काम समेत समयमै र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द बहादुर केसीले अहिलेको समय निर्माणको भएको भन्दै गुणस्तरीय समयमै निर्माण कार्यलाई सम्पन्न गर्न तर्फ निर्माण व्यवसायिहरुको ध्यान पुग्नुपर्ने बताउनुभयो ।

उहाँले विकास निर्माण योजनाहरुमा जनसहभागिता जुट्न कठिनाई हुने देखिन थालेको बताउँदै स्थानीय सरकारहरुले समेत ठेक्का प्रकृया मार्फत योजनाहरु कार्यान्वयनमा लैजानतर्फ जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहारी, कोषाध्यक्ष हिरन श्रेष्ठ, नेकपा म्याग्दीका नेता गोविन्द पौडेल, नेपाली काँग्रेसका उपसभापती माधव प्रसाद रेग्मी र राप्रपा अध्यक्ष विरबहादुर थापाले निमार्ण व्यवसायि संघ म्याग्दीभित्र देखिएको विवादलाई अधिवेशन मार्फत संधैको लागि हल गरि अघि बढ्न व्यवसायिहरुलाई सुझाब दिनुभयो ।

कार्यक्रममा क्षेत्रीय निर्माण व्यवसायी संघका उपाध्यक्ष एकेन्द्र रावल, म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेल बहादुर कटुवाल, संघका पूर्व अध्यक्ष नेत्र महत, एकेन्द्र रावल, सल्लाहकार सन्तोष रावल, व्यवसायि रविन्द्र कार्की लगायतले मन्तव्य राख्नुभएको थियो । संघका अध्यक्ष नारायण जिसीको अध्यक्षता र स्वागत मन्तव्यमा भएको उद्घाटन सत्रको सञ्चालन महासचिब अमृतमान श्रेष्ठ र दिनेश केसीले गर्नुभएको थियो । नयाँ नेतृत्व चयनको लागि अहिले बन्द सत्र जारी छ ।

 

????????????????????????????????????

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l