आजदेखि रेडियो चौरजहारी स्थापनाको दोस्रो वर्षमा प्रवेश

  • २ बैशाख २०७४, शनिबार
  • 1969 पटक पढिएको

रुकुम, २ बैशाख । रुकुमको पश्चिमक्षेत्र चौरजहारीनगरपालिकामा संचालित रेडियो चौरजहारी ९४.८ मेगाहर्ज आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७३ साल बैशाख २ गतेबाट प्रसारण आरम्भ गरेको रेडियो चौरजहारी यस क्षेत्रमा सौर्यउर्जाबाट प्रशारण हुने पहिलो रेडियो स्टेशन हो ।

साझा मनको सम्पुर्ण आवाज भन्ने मुल नाराका साथ संचालित रेडियो चौरजहारी स्थापनाको पहिलो वर्षमै स्वतन्त्र र निष्पक्ष रेडियोको रुपमा आफ्नो छबि निर्माण गर्न सफल रहेको संचालक समितिले जनाएको छ ।

छोटो समयमा आफ्नो छ्ट्टै पहिचान बनाउन सफल रेडियो सौर्यउर्जाबाट सञ्चालन भइरहेको छ । दोस्रो वर्ष प्रवेशका अबसरमा रेडियोले एक प्रेस बिज्ञप्ति जारी गरी सबैलाई धन्यबाद दिएको छ ।

केहि समस्याका बिच पनि रेडियोलाई प्रशारणको सफल पहिलो बषर््ा पार गराउने कर्मचारी , स्रोता, बिज्ञापनदाता,सुभचिन्तक सबै मनहरुलाई रेडियोका स्टेशन म्यानेजर ज्ञानु गौतमले अगामि दिनहरुमा पनि सहयोगको आग्रह गर्दै धन्यबाद ज्ञापन गर्नु भएको छ ।