अपडेट : मालढुंगा सडक दुर्घटनमा मृतक ७ जनाकै सनाखत (पूर्ण विवरण र भिडियो सहित)

  • ३ माघ २०७५, बिहीबार
  • 3902 पटक पढिएको

म्याग्दी, ३ माघ । म्याग्दी सदरमुकाम बेनीदेखि नारायणगढतर्फ जाँदै गरेको यात्रुबहाक बस पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा ठुलो मानविय क्षती हुने गरि विहिवार भएको बस दुर्घटनाको प्रमुख कारण तिब्र गति भएको पाईएको छ । बेनीबाट नारायणघाटको लागि छुटेको ग १ ख ६१०८ नम्वरको बसमा बेनीबाट ६ जना र पर्वत बेनीबाट चढ्ने गरि ४ जनाले मात्रै टिकट लिएका थिए । दुर्घटनास्थलसम्म पुग्दा सो गाडिमा सवार संख्या ३९ पुगेको देखिन्छ ।

धौलागिरि बस व्यवसायि समितिको बेनी स्थित टिकट काउण्टरका कर्मचारी प्रमेश जिसीका अनुसार, बस बेनीबाट निर्धारित समयमै छुटेपनि सडकखण्डको बिचबिचबाट यात्रुहरु चढेको कारण यात्रुसंख्या बढेको हो । बेनी –पोखरा सडकखण्ड अन्र्तगत पर्वतको डिमुवादेखि कास्कीको नयाँपुल क्षेत्रमा विहान १० बजेदेखि ४ बजेसम्म सडक स्तरोन्नतीको कारण सवारी आगमन बन्द हुने गरेको छ । सडक बन्द हुने डरले सवारी चालकले गति बढाउँदा दुर्घटना निम्तिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

‘‘ दुर्घटनास्थलको अबस्था हेर्दा तिब्र गतिकै कारण घटना भएको जस्तो देखिन्छ, थप अनुसंधान प्रर्वत प्रहरीबाट भैरहेको छ’’–घटनास्थलमा उद्धारको लागि पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक लोकबहादुर गुरुङले भने । सो दुर्घटनमा परि ७ जनाको मृत्यु भएको छ भने ३२ जना घाईते भएका छन् ।

साघुरो बाटोमा तीब्र गतिमा बस गुडेका कारण सडकबाट झण्डै १५० मिटर तल कालिगण्डकी नदीको किनारमा खसेको थियो । विहान साढे ७ बजे बेनीबाट नारायणघाटको लागि प्रस्थान गरेको यात्रुबहाक बस दुर्घटनामा परेपछि म्याग्दी, पर्वत र बागलुङका सुरक्षाकर्मी सहित स्थानीयबासीले घाईतेहरुको उद्धार गरेका थिए ।

दुर्घटनमा परि म्याग्दीको रघुृगंगा गाउँपालिका– ६ का राजेश पुन, पर्वतको जलजला गाउँपालिका–७ की अमिसरा पुन, चितवनका सुब्बे परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । त्यस्तै अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा जलजला गाउँपालिका ७ का जिवन विक , सेती परियार र उनको श्रीमान टिके परियार, बागलुङ कुँडुलेकी सान्ती केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्राप्त विवरण