बेनीमा लोकगीत र लोकनृत्य प्रतियोगिता सहित माघे संक्रान्ति मेला सम्पन्न (भिडियो सहित)

  • २ माघ २०७५, बुधबार
  • 2431 पटक पढिएको

म्याग्दी २ माघ । म्याग्दी उद्योग वाणिज्य संघ अन्र्तगत महिला उद्यम विकास समितिको आयोजनामा बेनीमा लोकगीत र लोकनृत्य प्रतियोगिता सहित माघे संक्रान्ति मेला सकिएको छ । लोकसंस्कृतिको संरक्षण गर्ने उदेश्यले अयोजित प्रतियोगितामा ‘‘म्याग्दी भ्रमण वर्ष २०७५’’ विषयक लोकगीत प्रतियोगिता सम्पन्न गरिएको हो ।

प्रतियोगितामा एकराज चापागाई प्रथम, सञ्जु पाईजा दितृय र खिमा पूर्जा दितृय भए । मेलाको अवसरमा आयोजित खुल्ला लोकनृत्य प्रतियोगितामा सिन्धु पुन प्रथम, कुशल सुनार दितृय, सोनीया पुन तितृय, दिपीका बानिया र एलीसा जिसी सान्तवना भए । नृत्यमा ३० जना र लोकगितमा ९ जनाले सहभागिता जनाएका थिए ।

दुवै प्रतियोगिताको प्रथम, दितृय र तितृयलाई क्रमश : दश हजार, सात हजार र तीन हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको महिला उद्यम विकास समितिकी सभापती सुनिता केसीले जानकारी दिइन् । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले गीत र नृत्य प्रस्तुतिका साथै लोक गीत र नृत्य प्रतियोगिता मुख्य आकर्षणको रुपमा रहेको थियो ।

मेलामा आयोजित लठो तान्ने प्रतियोगितामा महिलातर्फ शिक्षामार्ग आमा समूह र पुरुषतर्फ म्याग्दीकाली यातायात व्यवसायी समिति बिजयी भएका छन् । उनिहरुले नगद छ/छ हजार रुपैयाँ पुरस्कार जितेका छन् । ९ जना सहभागि छेलो फाल्ने प्रतियोगितामा बिजयी भएका बेनपा ५ का सुमन कुँवरले नगद चार हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

अन्धनिशान प्रतियोगिताको उपाधि अभिनव शाक्य, गोकुल श्रेष्ठ र भरिमा बि.कले जितेका छन् । उनिहरुले नगद एक÷एक हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताका बिजेताहरुलाई प्रजिअ लीलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, महिला उद्यम विकास समितिका सभापति सुनिता केसी लगायतले पुरस्कार वितरण गरेका थिए । सोमबार गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले सो मेलाको उद्घाटन गरेकी थिइन् ।

बेनी बजारमा लाग्ने परम्परागत माघे संक्रान्ति मेलाको जगेर्ना, कला र संस्कृतिको संरक्षण तथा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको थियो । मेलामा बसन्त थापा, लालि बुढाथोकी, कृष्णा गुरुङ, सम्भोज मल्ल, किरन पुन, रवी कार्की, अमित विश्वकर्मा, नहकुल ढकाल, पदम विश्वकर्मा, जिवन कार्की, धु्रब जिसी लगायतले गित प्रस्तुत गरेका थिए ।

म्याग्दी भ्रमण वर्ष २०७५ लाई सहयोग पु¥याउन मेलाको आयोजना गरिएको समितिले जनाएको छ । स्थानीय उत्पादन, विभिन्न समुदायको झाँकी र संस्कृति प्रर्दशनी गरिएको छ । कालीपुलको पर्यटन सूचना केन्द्रमा म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुको तस्विर तथा वृतचित्र प्रर्दशनी गरिएको थियो ।